१५ चैत्र २०८०, बिहीबार

हेटौंडा बचतमा एकै दिन ३२७ नयाँ सदस्य

८ पुष २०७४, शनिबार
हेटौंडा बचतमा एकै दिन ३२७ नयाँ सदस्य

hetauda bachat

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–७ स्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्थाको १९ अौं स्थापना दिवसको अवसरमा ३२७ जना नयाँ सदस्य सहकारीमा आवद्ध भएका छन् ।

स्थापना दिवसको अवसरमा शुक्रवार ६, ८ र १५ नम्वर वडामा ‘एक घर एक सदस्य’ कार्यक्रम अन्तर्गत घरदैलो कार्यक्रममा नयाँ सदस्य सहकारीमा आवद्ध भएका हुन् । नयाँ सदस्य थप संगै सदस्य संख्या ३८९६ पुगेको संस्थाका प्रवन्धक रामशरण गौतमले जानकारी दिए ।

स्थापना दिवसको अवसरमा सप्ताह व्यापी कार्यक्रम अन्तर्गत आईतबार सरसफाई, १० गते बाल सम्मेलन तथा बनभोज ११ गते बृद्दाआश्रममा सहयोग हस्तान्तरण, १२ गते अन्तरक्रिया, १३ गते सञ्चालक रकर्मचारी महिला र महिला सेयर सदस्य बीच मैत्रीपुर्ण फटबल र साझ सस्थामा दिपावली, मिठाई बितरण गरेर कार्यक्रमको समापन गरिने अध्यक्ष ईन्द्र बहादुर बस्नेतले बताए ।

अभिलेख

लोकप्रिय