६ बैशाख २०८१, बिहीबार

अन्तर्राष्ट्रिय सहकारी महासंघको बोर्ड मेम्बरमा ओमदेवी मल्ल निर्वाचित

१ मंसिर २०७४, शुक्रबार
अन्तर्राष्ट्रिय सहकारी महासंघको बोर्ड मेम्बरमा ओमदेवी मल्ल निर्वाचित


काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए)को बोर्ड मेम्बरमा ओमदेवी मल्ल निर्वाचित भएकी छिन् ।
मलेसियामा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा अन्तर्राष्ट्रिय सहकारी महासंघको बोर्ड सदस्यमा नेपालको तर्फबाट ओमदेवीले उम्मेदवारी दिएकी थिइन । उनी राष्ट्रिय सहकारी संघकी उपाध्यक्ष हुन् । सम्मेलनका लागि विश्वभरका १ हजार ८०० भन्दा बढी सहकारीकर्मी मलेसियामा जम्मा भएका छन् । सम्मेलनमा दिगो विकास र गरिवी निवारणका लागि सहकारी भूमिका विषयमा छलफल भइरहेको छ ।
सम्मेलनमा नेपालको तर्फबाट राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी वैंक, केन्द्रिय कृषि सहकारी संघ तथा वहुउद्धेश्यीय सहकारी केन्द्रिय संघका प्रतिनिधिहरुको सहभागिता रहेको छ । भोली हुने निर्वाचनमा नेपालवाट २३ भोट रहेको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशब प्रसाद बडालले जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशब प्रसाद बडाल, उपाध्यक्ष ओमदेवी मल्ल, राष्ट्रिय सहकारी बैंकका प्रबन्ध संचालक केबी उप्रेती, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, केन्द्रिय कृषि सहकारी संघका अध्यक्ष खेम पाठक लगायतको सहभागिता रहेको छ ।

अभिलेख

लोकप्रिय