७ बैशाख २०८१, शुक्रबार

शिखर साकोसका २८ जना सदस्य सम्मानित

२१ कार्तिक २०७४, मंगलवार
शिखर साकोसका २८ जना सदस्य सम्मानित

shikhhar

बिर्तामोड । बिर्तामोड–४ स्थित शिखर बचत तथा ऋण सहकारी संस्थाको ७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाले साधारणसभाको अवसरमा १२ महिला र १६ पुरुषसहित २८ सदस्यलाई सम्मान समेत गरेको छ ।

सम्मानित हुनेहरुमा महिला व्यवसायीतर्फ तुलसा ढकाल, सुनिता साह, सीतादेवी अधिकारी, सम्झना भण्डारी, डा। सीमा बर्मा, सविता खरेल शर्मा, मुना खतिवडा, रञ्जिता पोखरेल, जयन्ती राना, दुर्गा दुलाल, पूजा न्यौपाने र रोमा दाहाल छन् ।

त्यस्तै, पुरुष सदस्यतर्फ खगेन्द्र नेपाल, सौकात आलाम, शिव खतिवडा, राकेश शाह, दिपक शाह, निरज सिटौला, प्रणित पुडासैनी, सरोज खरेल, विष्णुप्रसाद चुँडाल, प्रह्लाद कँडेल, भूपेन्द्र थापा, सन्तोष गुप्ता, खगेन्द्र सापकोटा, राजु ढकाल, राजकुमार संग्रौला र मानबहादुर मगर छन् ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका उपाध्यक्ष महेन्द्र गिरीले गरेका थिए । संस्थाका अध्यक्ष दिपेन्द्र राउतको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन सत्रमा स्वागत संस्थाकी कोषाध्यक्ष ऐश्वर्य पाण्डेले गरेकी थिइन् ।

कार्यक्रममा विशिष्ट अतिथि सहकारी डिभिजन कार्यालयका नासु डिल्ली दाहाल, निर्माण व्यवसायी संघ झापाका पूर्व अध्यक्ष दिपेन्द्र पोखरेल, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य उमेश डालमिया, गोर्खा वेभलिंकका भविश्वर अर्याल लगायतले बोलेका थिए ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, महासचिव प्रशान्त भण्डारीलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संस्थाका कर्मचारी मनोज विकले हास्यव्यङ्ग्य प्रहसन गरेर हँसाएका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव हिमाल प्रसाईंले गरेका थिए ।

अभिलेख

लोकप्रिय