१६ चैत्र २०८०, शुक्रबार

सहकारी मन्त्री अम्बिका बस्नेत काठमाडौं–३ बाट चुनाव लड्ने

१३ कार्तिक २०७४, सोमबार
सहकारी मन्त्री अम्बिका बस्नेत काठमाडौं–३ बाट चुनाव लड्ने

ambika_basnet1501493499

काठमाडौं । सहकारी तथा गरीबी निवारण मन्त्री अम्बिका बस्नेत काठमाडौं ३ बाट चुनाव लड्ने भएकी छिन् ।

नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा सदस्यको दोस्रो चरणमा हुने निर्वाचनको लागि ४ जना महिला सहित १० जना उम्मेदवारको नाम टुङ्ग्याएको हो । सोमबार बालुवाटारमा बसेको काँग्रेस संसदीय बोर्डको बैठकले यी ४ जना महिला सहित १० जनालाई प्रत्यक्षतर्फ टिकट दिने निर्णय गरेको काँग्रेसका प्रचारसमितिका संयोजक बालकृष्ण खाँडले जानकारी दिए ।

जस अनुरुप काँग्रेस नेतृ आरजु राणा कैलाली ५ बाट उम्मेदवार बन्ने भएकी छिन् । त्यस्तै, काठमाडौं ३ बाट नेतृ अम्बिका बस्नेत, मकवानपुर २ बाट महालक्ष्मी उपाध्याय डिना र तेह्रथुमबाट सिता गुरुङलाई उठाउने निर्णय गरेको खाँडले जानकारी दिए ।

त्यस्तै, झापा ३ बाट नेता कृष्णप्रसाद सिटौला, पाल्पा १ बाट विजय घिमिरे, पाल्पा २ बाट हरि नेपाल, गुल्मी १ बाट चन्द्र भण्डारी, गुल्मी २ बाट चन्द्र केसी, अर्घाखाँचीबाट डा। राम बहादुर केसीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

अभिलेख

लोकप्रिय