६ बैशाख २०८१, बिहीबार

जोखिममा आधारित सुपरिवेक्षण समूहको चौथो बैठक सम्पन्न

१३ कार्तिक २०७४, सोमबार
जोखिममा आधारित सुपरिवेक्षण समूहको चौथो बैठक सम्पन्न

baithak

काठमाडौं । स्मरण बचत तथा ऋण सहकारी संस्था डिल्लीबजारको आयोजनामा जोखिममा आधारित साकोस सुपरिवेक्षण तथा अनुगमन कार्यक्रम पहिलो समूहको चौथो बैठक आईतबार काठमाडौंमा सम्पन्न भएको छ ।

बैठकलाई संवोधन गर्ने क्रममा नेफ्स्कूनका अध्यक्ष डीबी बस्नेतले साकोसमा पर्न सक्ने जोखिमको पूर्व अध्ययन गरी जोखिम रहित साकोस निर्माणका लागि नेफ्स्कूनले साकोस सुपरिवेक्षण तथा अनुगमन कार्यक्रमको थालनी गरेको बताउँदै सहकारी विभागमा पनि जोखिम समाधानका लागि आवश्यक छलफल भैरहेको बताए ।

बैठकमा नेफ्स्कूनका सञ्चालक एवं चावहिल फिल्ड कार्यालयका संयोजक तथा प्रदेश नं. ३ का संयोजक दिपक पनेरुले जोखिममा आधारित साकोस सुपरिवेक्षण तथा अनुगमन कार्यक्रम अन्तराष्ट्रिय मापदण्डमा पुग्ने आधारभूत कार्यक्रम रहेको बताउँदै कार्यदलका संयोजक र व्यवस्थापक यस कार्यक्रममा अनिवार्य रुपमा उपस्थित भई योजनाबद्ध रुपमा कार्य गर्न र विभिन्न तालिमहरुमा सहभागी बन्न आग्रह गरे ।

अभिलेख

लोकप्रिय