वागेश्वरी सानाकिसान सहकारीको दोस्रो साधारणसभा सम्पन्न

IMG_20170929_152926

रामेछाप । जिल्लाको खाँडादेवी–१ राकाथुम स्थित श्री वागेश्वरी सानाकिसान कृषि सहकारीको दोस्रो साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन राकाथुमका वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले गरेका थिए । सभामा संस्थाका अध्यक्ष रुद्रबहादुर श्रेष्ठले संचालक समितिको तर्फबाट प्रतिवेदन पेश गरेका थिए ।

सहकारीले सदस्यलाई गत आर्थिक वर्षको कमाईबाट १२.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । संस्थाको संचालक समितिले गरेको लाभांश प्रस्तावलाई संस्थाको साधारण सभाले पारित गरेको हो ।

adfd

संस्थाले गत आर्थिक वर्षसम्म ६० लाख ५८ हजार बचत संकलन र १ करोड २८ लाख १७ हजार कर्जा लगानीबाट ९ लाख ४५ हजार नाफा गरेको जानकारी दिए । संस्थाले आफ्ना सदस्यका गरिवी, विपन्न तथा जेहेनदारबाट उत्कृष्ट ५ जना बालबालिकालाई शिक्षामा अभिप्रेरीत गर्न छात्रबृतीको व्यवस्था गरिएको थियो ।

संस्थाले वित्तीय सेवाका साथै कृषि सहकारी र कृषक समुहमार्फत उत्पादन भएका कृषि उपजहरुको बजार ब्यवस्थापनका लागि काम गर्ने र सहकारी मार्फत कृषी सम्वन्धी तालिमको ब्यवस्था गरिने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस