विन्धवासिनी सहकारीले सुरु गर्यो एटिएम सेवा, मुनाफा मात्रै ७ करोड !

bindabasini

काभ्रे : विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले एक बर्षको अवधीमा ७ करोड १२ लाख ५० हजार सञ्चालन मुनाफा आर्जन गरेको छ ।

१ अर्ब ९५ करोड १० बराबरको कारोबार गरेको संस्थाले २ करोड ३ लाख ४६ हजार सरकारलाई कर तिरेको प्रमुख व्यवस्थापक केबी लामा स्याङतानले जानकारी दिए । एशियामा नै उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत संस्थामा ३२ हजार शेयर सदस्य र १९ करोड ५१ लाख ५९ हजार शेयर पुँजी छ ।

२४ औं बार्षिक साधारणसभामा सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनाली उत्कृष्ट बचतकर्ता जमुना ताम्राकार, शेयर खरिद गर्ने दिपक बञ्जारा, जनचेतना महिला बचत समुह र अरनिको बचत समुहलाई सम्मान गरेका थिए । ७० बर्ष पुगेका सहकारीका २७ जेष्ठ सदस्यलाई नगदसहित सम्मान गरिएको थियो । नेपाल आर्थिक पत्रकार समाज (सेजन) का महासचिव भीम गौतम र नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पदाधिकारीलाई सस्थाले दोसल्ला ओढाएर बधाई ज्ञापन गरेको छ ।

कार्यक्रममा सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनाली, संस्थाका सल्लाहकार समेत रहेका नेपाली कांग्रेस जिल्ला सभापति मधुप्रसाद आचार्य, राष्ट्रिय सहकारी विकास बोर्डका सञ्चालक दिपकप्रसाद पौडेल, नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी संघका बरिष्ठ उपाध्यक्ष परितोष पौडेल, राष्ट्रिय सहकारी बैंकका नायब महाप्रबन्धक हरिकृष्ण सापकोटा, जिल्ला सहकारी संघका अध्यक्ष विनोद पराजुली, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका प्रथम उपाध्यक्ष इन्द्रप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, साुमदायिक बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष राजन श्रेष्ठ, सहकारी संस्थाका अध्यक्ष प्रदिप थापा, उपाध्यक्ष जानुकादेवी भट्टराई, सचिव रामशरण भण्डारी, कोषाध्यक्ष शान्तकुमार श्रेष्ठ लगायतले सहकारी क्षेत्रका आरोह अवरोहका बारेमा चर्चा गरेका थिए ।

संस्थाले विभिन्न बैंकमा एससिटीमार्फत पैसा निकाल्न मिल्ने गरी एटिएम सेवा पनि शुरु गरेको छ ।



प्रतिक्रिया दिनुहोस