६ बैशाख २०८१, बिहीबार

अवैध संस्थालाई सहकारी नेताको साथ

९ आश्विन २०७४, सोमबार
अवैध संस्थालाई सहकारी नेताको साथ

सहकारी अभियानको नेतृत्व गर्छौं भन्दै धेरै विषयगत सहकारीका संघहरु खुले पनि उनीहरुको काम प्रभावकारी देखिदैन । अधिकांश संघहरु काम भन्दा भाषण र राजनीतिक गर्नमा नै सक्रिय देखिन्छन् । संघहरु धेरै खुलेपछि सहकारीमा नेता त धेरै उत्पादन भए, तर सोही अनुसारको अभियानले सही दिशा लिन न नसक्नुको एउटा कारण अभियानमा सही नेता नभएर पनि हो । अभियानलाई नेतृत्व गर्छु भन्दै संघमा पुग्ने संचालकहरुको कामकारवाही न त पारदर्शी छ न प्रभावकारी नै । राजनीतिक पार्टीको आस्था र प्रभावमा छद्म संस्थाको आवरणमा संघको नेतृत्वमा जाने र संघलाई आफ्नो व्यक्तिगत तथा राजनीतिक स्वार्थपूर्तिको भाडो बनाउने प्रवृत्ती सहकारी आन्दोलनमा बढ्दै गएको छ ।

जसबाट नेपालको सहकारी अभियान भित्रभित्रै खोक्रो बन्दै गईरहेको यथार्थ हामी सामु छ । सहकारी संघका नेतृत्वकर्ता सहकारी अभियान व्यवस्थित गर्न छोडेर व्यक्तिगत स्वार्थ पूर्तिमा तल्लीन छन् । कमाउने नाममा अवैध संस्थाको पक्षपोषण गर्दै आएका छन् । प्रारम्भिक संस्थाबाट भोट लिने होस् या अन्य किसिमका आर्थिक लाभको लोभमा गलत काम गरिरहेका संस्थाको साधारणसभामा गएर प्रशंसा गर्ने प्रवृत्तीका कारण गलत काम गर्ने संस्थाहरुले समेत सहकारी नेताबाटै संरक्षण पाउने गरेको पुष्टि हुन्छ । समस्याग्रस्त भएका कतिपय सहकारी र तीनका संचालकलाई कारवाहीबाट जोगाउन सहकारी अभियानकै नेता सक्रिय भएको समेत पाइएको थियो ।

यसैबिच दर्ता नै नभएका अवैध संस्थाहरुलाई सहकारी अभियानका नेताहरुले संरक्षण र प्रोत्साहन गरेको प्रमाण वर्तमान मासिकलाई प्राप्त भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका बरिष्ठ उपाध्यक्ष परितोष पौड्याल र काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव नवराज अर्याल दर्ता नै नभई लाखौ कारोबार गर्ने अवैध सहकारीको कार्यक्रममा सहभागी भएका छन् । कानुन विपरित कारोबार नगर्न र सहकारी सिद्धान्त अनुसार हिड्न सचेत गराउनु पर्ने जिम्मेवारी बोकेका नेता द्धवयले सिद्धान्त विपरित जोखिमपूर्ण कारोबार गरिरहेका संस्थालाई उल्टै राम्रो काम गरेको भन्दै प्रशंसा समेत गर्न भ्याए ।

सन्दर्भ हो बैदेशिक रोजगारीमा रहेका नेपालीहरुले विदेशमा खोलेका बचत तथा ऋण सहकारी र यसको कारोबारको । नेपालको मौजुदा कानुन सहकारी ऐन–२०४८ ले नेपालीहरुलाई देश बाहिर बचत तथा ऋण कारोबार गर्ने गरी संस्था दर्ता गर्न सक्दैन । विदेशी कामदारलाई वित्तीय कारोबार गर्न सम्बन्धित देशले त अनुमति दिने कुरै भएन । तर, युनाइटेड अरव इमिरेट्स ९युइए० मा कार्यरत नेपालीहरुले अवैध रुपमा दर्जन भन्दा बढी बचत तथा ऋण सहकारी संस्था खोलिसकेका छन् भने यी संस्थाहरुको छाता संगठनका रुपमा नेपाल बचत तथा ऋण सहकारी संघ समेत बनाइसकेका छन् । यीनै कानुन विपरित कारोबार गर्ने संस्थाहरुको कार्यक्रममा सहकारी नेता द्धवय पौड्याल र अर्याल सहभागी भएर प्रोत्साहन दिएका हुन् । दुबईमा ८ अगष्ट २०१७ मा संघले गरेको अन्र्तक्रिया कार्यक्रममा नेपालबाट सहकारी नेता द्धय पौड्याल र अर्याल सहभागी भएका थिए । मजदुर अनलाईन डटकम र संयन्त्र डटकममा प्रकाशित समाचार अनुसार उनीहरुसँगै सहकारीमा बिद्यावारीधी गर्दै गरेकी धादिङ गजुरी गाउँपालिकाकी नव निर्वाचीत जनप्रतीनिधी सिता ढुंगाना समेतले भाषण समेत गरेका थिए ।

समाचार अनुसार बैदेशिक रोजगारीको शिलशिलामा युएईको बिभिन्न ठाउँमा रहेका नेपालीहरुले बचत गर्ने उदेश्यले दुई दर्जनको हाराहारीमा संस्थाहरुले कारोबार गरेका छन् । तीन संस्थाहरु मध्ये १८ वटा संस्था मिलेर नेपाल बचत तथा ऋण सहकारी संघ युएईका नाममा संगठित भएका छन् । जसको अध्यक्ष शत्रुमनि राई छन् । समाचारमा उल्लेख छ कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका बरिष्ठ उपाध्यक्ष परितोष पौडेलले नेपाल सरकारको नीति, नियमको बारेमा सबैलाई जानकारी गराउदै प्रवासमा रहेर पनि देश र भबिस्य प्रति जिम्मेवार बन्दै बचत गर्ने बानिको बिकास गरेकोमा खुशि ब्यक्त गरेका थिए । युएइमा रहेका ३ लाख भन्दा बढी नेपालीहरुलाई अभियानमा समेट्न आग्रह गर्दै प्राविधिक तथा वैधानिक ब्यबस्थापनको भूमिका निर्वाह गर्ने बचन समेत दिए ।’ यसैगरी काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव अर्यालले पनि उनीहरुको कामको प्रशंसामा शव्द खर्चिएको समाचारमा उल्लेख गरिएको छ ।

साभार : वर्तमान सहकारी मासिक

अभिलेख

लोकप्रिय