१५ चैत्र २०८०, बिहीबार

स्थानीय तहमा सहकारीलाई व्यवस्थित गरिने

६ आश्विन २०७४, शुक्रबार
स्थानीय तहमा सहकारीलाई व्यवस्थित गरिने

modal

काठमडौं । बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठले स्थानीय तहका सहकारीहरुलाई व्यवस्थित गर्नका लागि स्थानीय तहस्तरको समन्वयन समिति गठन गर्ने बताएका छन् । उनले सहकारीलाई व्यवस्थित तवरले परिचालन गरेर आफूले वाचा गरेर कुरा पुरा गर्न सम्भव भएको औल्याए ।

बनेपाको मोडेल बचत तथा ऋण सहकारी संस्था लि.को शुक्रबार भएको १० औं बार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनपछि स्थानीय जनताको उत्साहलाई कायम राख्दै त्यसलाई ऊर्जामा बदलेर विकास निर्माणको कार्य गर्ने बताए । ‘बनेपालाई सहकारीको नमुना सहरका रुपमा विकास गर्न सकिन्छ । यसका लागि सहकारीकर्मीहरु र जनप्रतिनिधिहरु मिलेर काम गर्नुपर्ने हुन्छ ।’ उनले भने ।

उनले बनेपामा करको विषयलाई लिएर भ्रम सिर्जना गर्ने काम भएको आरोप लगाउँदै भने ,‘बनेपाको बजार एरियार र ग्रामिण क्षेत्रलाई समानरुपमा न्यायन गर्ने गरि जग्गाको मुल्यांकन गरिएका कारण करमा केहि बृद्धि भएको जस्तो देखिएको हो । जुन यथार्थमा बृद्धि भएको होइन ।’ उनले बनेपालाई नमुना नगर बनाउनका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

सहकारी विधेयक संसदबाट पास भएसँगै सहकारीकर्मीमा नयाँ उत्साह संचार भएकाले स्थानीय तहमा त्यसलाई विशेषरुपमा सम्बोधन गरिने बताए ।

अभिलेख

लोकप्रिय