१६ चैत्र २०८०, शुक्रबार

१९ बचत तथा ऋण सहकारीले पाए एशियाली ब्राण्ड

६ भाद्र २०७४, मंगलवार
१९ बचत तथा ऋण सहकारीले पाए एशियाली ब्राण्ड

access_bronze
काठमाडौं । एशियाली ऋण महासंघका प्रमुख प्राबिधिक अधिकृत तथा प्रमुख कार्यकारी अधिकृत समेतको संलग्नतामा २०७४ असार २२—२५ गते सम्पन्न अन्तिम स्थलगत अन्वेषण तथा नेफ्स्कूनको निरन्तरको अनुगमन समेतको आधारमा यस वर्ष १९ वटा बचत तथा ऋण सहकारी संस्था एशियाली ऋण महासंघ (अकु)बाट ब्राण्ड प्राप्त गर्न सफल भएका छन् ।
एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्ने साकोहरुः
१. विन्धबासिनी साकोस, काभ्रे
२. जनसचेतन साकोस, दोलखा
३. शुभकामना साकोस, भक्तपुर
४. सामुदायिक साकोस, पनौती,काभ्रे
एक्सेस ब्रोञ्ज ब्राण्ड प्राप्त गर्ने साकोसहरु 
१. किसान साकोस, नवलपरासी
२. महिला साकोस, इटहरी, सुनसरी
३. कल्याणकारी साकोस, लुभु, ललितपुर
४. हाम्रो जनकल्याण साकोस, दोलखा
५। सिद्धीगणेशा साकोस, भक्तपुर
६. स्कोप साकोस, ललितपुर
७. किसान कल्याण साकोस, सुनसरी
८. उपकार साकोस, भक्तपुर
९. इटहरा साकोस, मोरङ
१०. बुडोल सामुदायिक साकोस, काभ्रे
११. विकु साकोस, गैडाकोट
१२. श्री बाराही साकोस, बुलाछें, भक्तपुर
१३. गैडाकोट स्वाभिमान साकोस, नवलपरासी
१४. मिलिजुली साकोस, दोलखा
१५. मनकामना साकोस, मोरङ

अभिलेख

लोकप्रिय