बाढी पीडितलाई सहकारी बैंकको १० लाख ६२ हजार सहयोग

coop bank nepal

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले बाढी पहिरो, कटान र डुवान पिडितकालागि सम्पूर्ण कर्मचारीको तलब कट्टीे रकम सहित पहिलो चरणमा १० लाख ६२ हजार ७ सय ६१ रुपैयाँ सहयोग गरेको छ ।

उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषमा प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको हो ।

पीडितहरुलाई थप सहयोग गर्न राहत संकलन कार्य सहकारी बैंक मार्फत भईरहेको र इच्छुक सदस्य सहकारी संघ संस्था तथा सहकारीकर्मीहरुले राष्ट्रिय सहकारी बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयमा रहेको खाता नं १८०००६८० मा सहयोग रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ । संकलित सहयोगको विवरण पत्रपत्रिकामा प्रकाशित गरी जानकारी गराईने समेत बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस