१६ चैत्र २०८०, शुक्रबार

सहकारीकर्मीद्वारा युवा मैत्री नीति तथा कार्यक्रमको माग

४ भाद्र २०७४, आईतवार
सहकारीकर्मीद्वारा युवा मैत्री नीति तथा कार्यक्रमको माग

badal

काठमाडौं । सहकारी अभियान्ताहरुले समृद्ध देश निर्माणमा युवाको सहभागीता बृद्धी गर्न सरकारसँग युवा मैत्री नीति तथा कार्यक्रम तय गर्न माग गरेका छन् ।

राष्ट्रिय सहकारी संघ लि.ले विभिन्न केन्द्रीय सहकारी संघहरुसँग सहकार्यमा आयोजीत सहकारीमा युवा सहभागिता विषयक कार्यशाला गोष्ठीमा सहभागि सहकारी अभियान्ताहरुले सहकारीमार्फत युवालक्षित कार्यक्रमहरु कार्यान्वायन गर्न माग गरेका हुन् । युवा आकर्षणका लागि सहकारीहरुले नविनतम प्रविधिको प्रयोगमा जोड दिदै युवा लक्षित रोजगारमुलक कार्यक्रम संचालन गर्ने घोषणा समेत गरेका छन् ।
सहकारी संघ संस्थाहरुको निर्णय तहमा युवाको सहभागीता सुनिश्चित गर्ने,केन्द्रिय सहकारी संघहरुमा अनिवार्य युवा उप समिति गठन गरी युवा लक्षित कार्यक्रम संचालन गर्नेलगायतका प्रतिबद्धता समेत सहकारीकर्मीहरुले जायर गरेका छन् ।

सो गोष्ठीको मुख्य आकर्षण रहेका अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबन बोर्ड मेम्बर आदित्य यादवले सहकारीका अनुभवी व्यक्तिसँग युवालाई पनि निति निर्माण तहमा अवसर दिनुपर्ने बताए । उनले सहकारीले नयाँ टेक्नोलोजी र इ–कमर्श अवलम्ब नगरि युवा शक्तिको सदुपयोग गर्दै प्रतिस्पर्धामा खरो उत्रिनुपर्नेमा जोड दिए ।

उनले नेपालको सहकारीलाई उत्पादनसँग जोड्नका लागि भारतको इफ्को सहकारीले सहकार्य गर्न तयार भएको बताए । ‘नेपालको सहकारी अभियानले एउटा गतिलिएको छ । अब यसको आफ्नो ब्रान्ड चाहिन्छ । त्यसका लागि हामी सहकार्य गरेर अगाडी बढ्न तयार छौं,’ इफ्कोका संचालक समेत रहेको आइसीएका ग्लोबर बोर्ड मेम्बर आदित्यले बताए । उनले हजारौ किसानसँग इफ्कोले नयाँ प्रविधिमार्फत एकैपटक संचार गर्न सम्भव भएको उदाहरण प्रस्तुत गरे ।

राष्ट्रिय सहकारी संघ लि. नेपालका अध्यक्ष तथा सांसद केशव बडालले दिगो विकास लक्ष्य प्राप्तिका लागि सबै सहकारीले भूमिका खेल्नुपर्ने भएकाले युवा शक्तिको प्रयोगमा जोड दिए । उनले सम्पूर्ण केन्द्रिय सहकारी संघलाई युवा मैत्री नीति तथा कार्यक्रम तय गर्न आग्रह गरे ।
राष्ट्रिय सहकारी संघ लि. नेपालका अध्यक्षमा केशव प्रसाद बडालले नेपालको सहभागीमा युवा सहभागिता अवस्था र सहकारीले हासिल गरेकोे उपलब्धीका विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी संघ लि. नेपालका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, उपाध्यक्ष तथा सांसद ओमदेवी मल्ल, राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सचिव प्रसन्न कोइराला, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेल, संघका युवा सहभागीताको विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लि.का प्रबन्ध संचालक केवी उप्रेती र राष्ट्रिय सहकारी संघ लि.का संचालक, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष सुरेन्द्र भण्डारी, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.का अध्यक्ष खेम पाठक, संचालक शिव डाँगीले सहकारीमा युवा सहभागिताको महत्वबारे प्रष्ट पारेका थिए ।

गोष्ठीको उद्घाटन अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड मेम्बर आदित्य यादव र राष्ट्रिय सहकारी संघ लि. नेपालका अध्यक्ष केशव प्रसाद बडालले गरेका थिए । राष्ट्रिय सहकारी संघ लि. नेपाल,राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी बैंक, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. र नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.को संयुक्त आयोजनामा कार्यशाला गोष्ठी भएको हो ।
गोष्ठीमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विष्णु प्रसाद गौतम र इफ्कोका नायव महाप्रबन्धक तरुण भार्गवले युवा सहभागिताको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

अभिलेख

लोकप्रिय