जिल्ला बचत संघ बागलुङ देशकै उत्कृष्ठ

बागलुङ । जिल्ला बचत तथा ऋण सहकारी संघ लि। बागलुङ देशकै उत्कृष्ठ संघ बन्न सफल भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) को ३० औं स्थापना दिवसका अवसरमा साकोस अभियानमा उल्लेखनीय योगदान पु¥याए वापत जिल्ला स्थित बचत तथा ऋण सहकारी संघ लि। बागलुङलाई देशकै उत्कृष्ठ संघको रुपमा घोषणा गरिएको हो। घोषित सम्मान तथा पुरस्कार नेफ्स्कूनको २६ औं वार्षिक साधारण सभामा प्रदान गरिने नेफ्स्कूनले जानकारी दिएको छ ।

बागलुङ जिल्लामा स्थापना भएका बचत तथा ऋण सहकारी संस्थाहरुको माध्यमबाट छरिएर रहेको पुँजी र संस्थाहरुलाई संगठित गराई स्थानीय स्तरमा रोजगार र स्वरोजगार सिर्जना गर्ने अभिप्रायले २०५४ साल आश्विन १४ गतेका दिन स्थापना भएको थियो । स्थापनाको १८ वर्षसम्म निस्कृय रहेको यस संघ मिति २०७१/११/३० गते सम्पन्न तेश्रोे साधारण सभाबाट चण्डिप्रसाद शर्मा पौडेलको नेतृत्वमा १३ सदस्यीय सञ्चालक समिति सर्वसम्मतिले चयन भए पश्चात संघले जिल्लाको सहकारी अभियानमा छाएको शून्यतालाई सदस्य संस्था, सञ्चालक, लेखा तथा सुपरीवेक्षण समिति र सहकारी संस्थामा कार्यरत कर्मचारीहरुका लागि क्षमता अभिबृद्धि तालिम, गोष्ठि, सम्मेलन जस्ता कार्यक्रमहरु सञ्चालन गरी सकृयताको छोटो समयमा नै देशकै उत्कृष्ठ संघको रुपमा आफुलाई स्थापीत गर्न सफल भएको छ ।
जिल्ला स्थित बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संघको रुपमा रहेको संघमा हाल जिल्लाका ८५ वटा बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध छन भने १ करोड १७ लाख बराबरको सम्पती रहेको छ ।

संघले सदस्य संस्थाहरुलाई तालिम तथा क्षमता अभिबृद्धिका साथसाथै संस्थाहरुलाई आवश्यक पर्ने खातापाता र पुँजीको अभाव भएका संस्थाहरुका लागि ऋण लगानी समेत गर्ने गरेको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस