१६ चैत्र २०८०, शुक्रबार

साकोस सुनिश्चितताका लागि नेफ्स्कूनको पहलमा स्थिरीकरण कोष सुरु

३२ श्रावण २०७४, बुधबार
साकोस सुनिश्चितताका लागि नेफ्स्कूनको पहलमा स्थिरीकरण कोष सुरु

nef

काठमाडौं । सहकारी क्षेत्रको विकास र विस्तारबाटै मुलुकको आर्थिक समृद्धि सम्भव हुन सक्ने भन्दै सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले जनताको तल्लो स्तरसम्म पुगेर रोजगारीको अवसर सृजना गर्ने पाटोमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

आज श्रावण ३२ गते नेफ्स्कूनको ३० औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री बस्नेतले लामो समयदेखि सहकारी ऐनको प्रतिक्षारत रहेका सहकारी अभियन्ताहरुले समयमै ऐन जारी हुन नसक्दा कानुनी अड्चन र झण्झट भोगेको भन्दै सहकारी अभियानका साथीहरुलाई न्याय दिन सक्ने किसिमको ऐन आउनेमा विश्वस्त रहन आग्रह गर्नुभयो । मन्त्री बस्नेतले मन्त्रालयको जिम्मेवारी भर्खरै मात्र प्राप्त गरेका कारण कार्यविधि अध्ययनका लागि आफूले समय लिएको र ऐन जारी गर्न केही समय ढिलाई भएको बताउँदै ऐनमा केही कमी कमजोरी रहेको र यसलाई समय परिवेशसँगै परिमार्जन गर्दै जान सकिने बताउनुभयो । पहाडका केही जिल्ला र तराईमा आइपरेको प्राकृतिक विपदका कारण समस्यामा रहेका जनताहरुलाई सहकारीकर्मी साथीहरुले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न मन्त्री बस्नेतले आग्रह गर्नुभएको थियो ।

राष्ट्रिय सहकारी संघका अध्यक्ष एवं सभाषद् केशब बडालले सरकारले राम्रो काम गर्नेलाई जस दिन नसके समाज अगाडि बढ्न नसक्ने भन्दै समाजबादउन्मुख अर्थतन्त्र निर्माणका लागि उपयुक्त सहकारी ऐन आवश्यक पर्नेमा सरकारलाई गम्भिर भएर सोच्न आग्रह गर्नुभयो । राज्यले परिकल्पना गरेको तीनखम्बे अर्थनीतिलाई साकार पार्न सकिन्छ भने त्यो सहकारीमार्फत उत्पादन र रोजगारी सृजना गरी आर्थिक समृद्धिलाई अगाडि बढाएर मात्र सम्भव हुनेमा जोडदिनुभयो ।

संघका अध्यक्ष डी.बी. बस्नेतले नेपालको सहकारी अभियानमा विशिष्ट पहिचान बोकेको बचत तथा ऋण सहकारी अभियानको शिर्ष संघ नेफ्स्कूनले आफ्ना सफल २९ वर्ष पार गरी ३० औं वर्षमा प्रवेश गर्दै गर्दा साकोस मार्फत समावेशी आर्थिक विकास र जीवनस्तर परिवर्तन भन्ने राष्ट्रिय नाराका साथ अगाडि बड्ने प्रण गरेको बताउनुभयो । उहाँले वित्तीय पहुँच र समावेशीकरण सुनिश्चितता गर्न साकोसको व्यवस्थापन मार्फत नेफ्स्कूनले अभियानको अगुवाई गर्ने, सहकारी संघ संस्थाको वित्तीय सुरक्षा र सदस्य पुँजी सुनिश्चितताको लागि स्थिरीकरण कोष सञ्चालन गर्ने, साकोस एकरुपता प्रणालीको प्रभावकारी कार्यान्वयन र साकोसको संख्यात्मक सघनतालाई गुणस्तरीयतामा रुपान्तरणको लागि साकोस एकिकरणलाई अभियानको रुपमा सञ्चालन गर्ने अठोटका साथ कार्य प्रारम्भ गरिसकेको बताउनुभयो ।

सकारी तथा गरिबी निवारण मन्त्रालयका निमित्त सचिव सुरेश प्रधानले श्रम, सीप, पूँजी र प्रविधिको माध्यमबाट दीगो विकास र आर्थिक समृद्धिका लागि सहकारीहरु व्यावसायिकरण र वित्तीय सुशासन सहित अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउँदै नेफ्स्कूनले शुरु गर्न लागेको स्थिरीकरण कोषको प्रभावकारी व्यवस्थापन र पूँजी परिचालनको विषयमा विशेष ध्यान दिन आग्रह गर्नुभएको थियो ।

सहकारी विभागका रजिष्ट्रार केशवप्रसाद रेग्मीले समुदायमा आधारित सहकारीहरुको वित्तीय अनुशासन कायम गर्ने विषयमा नेफ्स्कूनले निरन्तर गरेको मेहनत स¥हानीय रहेको बताउँदै अबका दिनमा संघले सम्पूर्ण प्रारम्भिक सहकारी संस्थाहरुलाई आबद्ध गर्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्मा, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेल, नेपाली काँग्रेसका प्रतिनिधि एवं राष्ट्रिय सहकारी संघका उपाध्यक्ष ओमदेवी मल्ल, नेकपा एमालेका पोलिटव्युरो सदस्य पशुपति चौलागाई, नेकपा माओवादी केन्द्रका प्रतिनिधि एवं राष्ट्रिय सहकारी संघका सञ्चालक रविन्द्र के.सी. लगायतले संघको स्थापना दिवसको अवसरमा शुभकामना एवं ऐक्यवद्धता मन्तव्य राख्दै संघले अगाडि सारेका राम्रा कार्यमा सदैव सहकार्य गर्न तयार रहेको बताउनुभएको थियो ।

संघले यस वर्ष पनि विगत वर्षहरु झैं गत आ.व.मा साकोस अभियानमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्ति व्यक्तित्वका साथै उत्कृष्ट संघ संस्थाहरुलाई विभिन्न विधामा सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । आज घोषित सम्मान तथा पुरस्कार संघको आगामी २६औं साधारण सभामा प्रदान गरिने भएको छ ।

अभिलेख

लोकप्रिय