क्रेडिट यूनियन फाउन्डेशनको अध्यक्षमा ऋषिराज घिमिरे

cre

काठमाडौं । क्रेडिट यूनियन डेभलपमेन्ट फाउन्डेशन अफ नेपालको पाँचौ बार्षिक साधारणसभा बुधबार काठमाडौंमा सम्पन्न भएको छ ।

साधारणसभाले नेफ्स्कूनका निवर्तमान अध्यक्ष ऋषिराज घिमिरेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । क्रेडिट यूनियन डेभलपमेन्ट फाउन्डेशन अफ नेपाल एक गैर सरकारी, गैर नाफामुखी तथा गैर राजनीतिक संस्था हो । २०६८ सालमा स्थापित उक्त संस्था नेपालको विधान २०६८ बमोजिम जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा स्थापना भएको थियो ।

समाज कल्याण परिषद् अन्तर्गत आबद्ध विशुद्ध सामाजिक संस्थाको रुपमा कार्यरत यस संस्थाले नेपालको समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्थालाई विभिन्न कार्यक्रमहरु मार्फत क्षमता अभिबृद्धि तथा वित्तीय पहूँच विस्तार गरी गुणस्तरीय सेवा बृद्धिका लागि सहकार्य गर्दै आएको छ ।

कार्यसमितिमा उपाध्यक्ष नानीबाबु बुढाथोकी, महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष केशवप्रसाद पोख्रेल, सचिव श्रीराम श्रेष्ठ र सदस्यहरुमा परितोष पौड्याल, चन्द्रप्रसाद ढकाल, शान्ति अधिकारी, इन्द्रराजज्योती पौडेल, नवराज सापकोटा र श्याम बहादुर श्रेष्ठ रहनुभएको छ । २ बर्षे कार्यकाल रहने उक्त समितिको सचिवालय नेफ्स्कूनको केन्द्रीय कार्यालय नयाँबानेश्यर, काठमाडौंमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस