१५ चैत्र २०८०, बिहीबार

बाढीपहिरो पीडितको उद्धार गर्न नेफ्स्कूनको अपिल

२९ श्रावण २०७४, आईतवार
बाढीपहिरो पीडितको उद्धार गर्न नेफ्स्कूनको अपिल

काठमाडौं । देशभर परेको अविरल वर्षापछि आएको बाढीका कारण कम्तीमा ५० जनाले ज्यान गुमाएका छन् भने केही बेपत्ता छन् । बिहीबारदेखि लगातार परेको पानीले तराईको अघिकांश भूभाग जलमग्न भएका छन् । पहाडी क्षेत्रहरुमा पहिरोले धनजनको क्षति पुगेको छ ।

बाढीपहिरो र डुवानबाट प्रभावित क्षेत्रको उद्धार सहयोगका लागि नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले प्रारम्भिक सहकारी, जिल्ला संघ र सहकारीकर्मीहरुलाई अपिल गरेको छ ।

साथै प्रकोप प्रभावित जिल्लाहरुमा सञ्चालित नेफ्स्कूनमा आवद्ध सहकारी संघ÷संस्थाहरुमा पर्न गएको जन धनको क्षतिको विवरण संकलन गरी नेफ्स्कून समक्ष जानकारी गराउन समेत आग्रह गरेको छ ।

अभिलेख

लोकप्रिय