१५ चैत्र २०८०, बिहीबार

गैंडाकोट स्वाभिमानको मुनाफा १ करोड ८९ लाख

१७ श्रावण २०७४, मंगलवार
गैंडाकोट स्वाभिमानको मुनाफा १ करोड ८९ लाख

Gaidakot

गैंडाकोट । गैंडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था (गैंडाकोट स्वाभिमान साकोस)ले २०७३/०७४ मा १ करोड ८९ लाख ५७ हजार ४ सय ४५ रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

यो मुनाफा गत आर्थिक वर्षको तुलनामा ८७.९० प्रतिशतले बढी हो । संस्थाले गत आर्थिक वर्षमा १ करोड १ लाख ३२ हजार ६ सय ८० रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

त्यसैगरि कुल पूँजीमा अघिल्लो आवको तुलनामा ६५.८४ प्रतिशतले बृद्धि भई ५५ करोड २७ लाख २ हजार पुगेको छ । संस्थाले सदस्यता संख्यामा ४१.८२ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

अभिलेख

लोकप्रिय