६ बैशाख २०८१, बिहीबार

कोपोमिस सहकारीको एन्टिभाइरस की भाइरस ?

१७ श्रावण २०७४, मंगलवार
कोपोमिस सहकारीको एन्टिभाइरस की भाइरस ?

– खिला दाहाल

khila.dhak

बग्रेल्ती खुलेका सहकारीलाई नियामक निकायको भाषामा भन्नुपर्दा सिष्टममा ल्याउने र व्यवस्थित गर्ने अनी अभियानको भाषामा भन्नुपर्दा नियन्त्रण गर्न बैशाख ११ मा सहकारी तथा गरिवी निवारण मन्त्रालयले कोपोमिस नामको अस्त्रको सफल परिक्षण गरेको जानकारी गरायो ।

स्वदेशी वैज्ञानिकहरुले स्वदेशी लगानीमा निर्माण गरेको दावी गरीएको कोपोमिस अस्त्रलाइ दुई करोडको लगानीमा दुई बर्ष लगाएर तयार पारेको मन्त्रालयले विजयी मुस्कानका साथ छाती फुलाउदै सहकारीमा भएका विकृति नामका भाइरसहरुलाई रोक्ने एन्टिभाइरसको रुपमा हेरेको बतायो ।

अस्त्र परिक्षणको दिन कसरी बिरोध गर्ने भन्ने धाउन्नमा उत्रिएका अभियानका नेताले कोपोमिस एन्टिभाइरस नभएर भाइरस भएको अनुभुतीका साथ प्रतिरक्षामा सहकार्य नगरेको गुनासोको तिर फाकेर मनको सन्तोष गरे । कोपोमिस वारे मन्त्रालयका कर्मचारी भने महाभारतमा कृष्णले कथा सुनाए झै सुनाउन उताउला बनेका थिए । तर, जे जस्तो भए पनि कोपोमिसको हाउगुजी दुबै तर्फ प्रस्ट देख्न सकिन्थ्यो ।

मन्त्रालयले परिक्षण गरेको सहकारीका विकृतिको अन्त्य गर्ने अस्त्रका रुपमा तयार गरिएको एन्टिभाइरस कोपोमिसको मिसप्लेस नहोस भनेर केही मिस तथा मिस्र्टरहरुलाई सहकारी मन्त्री ह्ृदयराम थानी साँची राख्दै अस्त्रको साँचो हस्तान्तरण गरेर आफ्नो पुरुषार्थ प्रमाणित गरेको छ । तर त्यो साँचोमा अव त्यस वाहेक अरु कती संस्थाले आफ्नो संस्थाको आकृति भरेर पठाउने हुन त्यो भने हेर्न वाँकी छ ।

नियामक निकायलाई कसरी लागु गर्ने भन्ने चिन्ता एकातिर छँदै छ भने सहकारी नेतालाई चाँही खाइपाइ आएको सबै चुहिएला भन्ने चिन्ताले पिरोलेको छ । तर, बर्तमान अवस्थालाई हेर्दा कोपोमिस प्रयोगमा नआउदै मिस हुने खतराको बिजारोपण भै सकेको आभाष हुन थालेको छ । अव रह्यो कोपोमिस एन्टिभाइरसले सहकारीमा लागेका वा लाग्न सक्ने कस्ता कस्ता भाइरसलाई नो इन्ट्रि वा नियन्त्रण गर्छ गर्छ भन्ने विषयमा अस्त्र निर्माणकर्ताले एकछिन सम्म अथ्र्याए पछि थप अथ्र्याउन मन्त्रालयका कर्मचारी कमिलोको गोलो खन्यिझैं पत्रकारलाई छोप्न आए पनि अर्धरुपमा वुझेका सहकारीका पत्रकारहरुले साँच्चै सहकारीमा देखिएका नाना थरीका भाइरस स्क्यान गर्ने कोपोमिस अचुक एन्टिभाइरस वन्न सक्छ की सक्दैन भन्ने खवर छिपामा छिपाउन सकेनन ।

कोपोमिसले स्क्यान गर्नु पर्ने सहकारीमा देखिएका भाइरसहरुमा सहकारीमा कार्यकारी पद, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र विस्तार, एकिकरण अभियान, कारोवारको दायरा, शेयरपुँजी तथा बचतको दायरा, उद्धेश्य विपरित सहकारी हरु बचत तथा ऋणको कारोवारमा मात्र सिमित हुनु, उत्पादन क्षेत्रमा जान नसक्नु, सहकारीमा दलगत राजनिती गर्नु सहकारीलाई दुरुपयोग गर्नु, कर्जा सूचना केन्द्र लगाएतका थुप्रै भारसहरु भेटिएको नियामक निकायको आरोप छ भने अभियानले राज्यले सहकारीलाई यिन्त्रणमा लिन खोजेको, करको भारमा पारेको, सहकारीवाट संकलन भएको कर सहकारी प्रवद्र्धनका लागि खर्च नगरेको लगाएतको गुन्जायस गरेको छ । तर एकले अर्काको गुञ्जायस नसुने पछि अस्त्रको रुपमा भित्रिएको कोपोमिसले दुवै पक्षका भाइरस स्क्यान गर्न सकेत अती उत्तम तर नदीका दुई किनारा वनेर दुई पक्ष वसे पछि कसरी यो सम्भव होला ?

जव सम्म नियामक निकायको यो कोपोमिसको अभियानलाई सहकारी अभियानले साथ दिँदैन तव सम्म कुनै पनि अस्त्रको प्रयोगले न नियामक निकायका कमजोरी स्क्यान हुन्छन् न अभियानका । त्यसैले एक अर्काको जिउँमा भएको जुम्रालाई हात्ती देख्न छाडेर भएको जुम्रालाई हटाउने कोशिष गर्नुनै अव्वल उपाए हो भन्ने तपाई सहकारीलाई माया गर्ने सहकारीको शुभ चिन्तकले दिने सल्लाह हो । जव सम्म व्यक्तीगत स्वार्थलाई त्यागेर सहकारी अभियानको हितमा अभियन्ता हिड्ने साहस गर्दैनन् तव सम्म सहकारीका विकृति नामका भाइरसहरु जन्मिरहन्छन्, जन्मिरहन्छन् । कि कसो र?

अभिलेख

लोकप्रिय