१६ चैत्र २०८०, शुक्रबार

सहकारीकर्मी स्थानी तह निर्वाचनमा निर्वाचित

२५ असार २०७४, आईतवार
सहकारीकर्मी स्थानी तह निर्वाचनमा निर्वाचित

दार्चुला । जिल्लाका महाकाली नगरपालिका, दुहुँ गाउँपालिका र ब्यास गाउँपालिकामा जिल्लाका सहकारीकर्मी उपाध्यक्ष, उपप्रमुख पदमा निर्वाचित भएका छन् ।
दुहँ गाउँपालिकाको उपाध्यक्षमा जिल्ला सहकारी संघ लि. दार्चुलाका प्रतिनिधि तथा ग्रामिण विकास उपभोक्ता सहकारी संस्थाका अध्यक्ष ईश्वरी जोशी, ब्यास गाउँपालिका उपाध्यक्षमा रानीस्थान बचत तथा ऋण सहकारी संस्थाका सह–व्यवस्थापक हेमा भट्ट र महाकाली नगरपालिकाको उपप्रमुखमा जिल्ला सहकारी संघ दार्चुलाका पूर्व कोषाध्यक्ष तथा लालीगुँरास महिला बहुउद्देश्यीय सहकारी संस्थाका सचिव सुना बोहरा निर्वाचित भएका छन् ।
तीनै जना नेपाली कांगे्रसबाट उम्मेदवारी दिएका थिए ।

अभिलेख

लोकप्रिय