नेफ्स्कूनद्वारा पुरस्कार तथा सम्मानका लागि आव्हान

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले ३० औं स्थापना दिवसको अवसरमा विभिन्न विधामा उत्कृष्ठ सदस्य संघ/संस्थाहरु, अभियानका सहकारीकर्मीहरु, पत्रकार एवं व्यक्ति/व्यक्तित्वहरुको योगदानको सम्मान स्वरुप पुरस्कार एवं सम्मानको लागि आव्हान गरेको छ ।

संघले प्रदान गर्ने पुरस्कार तथा सम्मानका लागि सदस्य संघ/संस्थाहरुले प्रारम्भिक नामाङ्कन फाराम नेफ्स्कूनको वेबसाईटबाट डाउनलोड गरि भरेर संघको केन्द्रीय कार्यालय वा फिल्ड कार्यालयहरुमा आईपुग्ने गरि २०७४ साउन १० गतेभित्र पठाई अनुरोध गरेको छ ।

संघले सर्वोत्कृष्ट संस्था पुरस्कार, सर्वोत्कृष्ट महिला संस्था पुरस्कार, सर्वोत्कृष्ट जिल्ला संघ पुरस्कार र नेफ्स्कून उत्कृष्ट प्रदेश पुरस्कार गरी चार विधामा पुरस्कार तथा सम्मानका लागि सदस्य संघरसंस्थाहरुलाई नेफ्स्कूनको वेबसाईटमार्फत पत्राचार समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस