६ बैशाख २०८१, बिहीबार

९५ औं सहकारी दिवस मनाइयो

१७ असार २०७४, शनिबार
९५ औं सहकारी दिवस मनाइयो

artha

काठमाडौं । अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले कहालीलाग्दो व्यापार घाटा कम गर्नका लागि सरकार, निजि र सहकारीले मिलेर अगाडी बढ्नुपर्ने धारणा राखेका छन् । राष्ट्रिय सहकारी संघ लि नेपालले ९५ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री कार्कीले सहकारी मोडेलमार्फत दिगो विकासका लागि सरकारले सहकार्य गर्ने बताए ।

पत्येक बर्षको जुलाइको पहिलो शनिवारलाई विश्वभरिका सहकारीकर्मीले अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउँछन् । नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइएको छ । सहकारीको सुनिश्चिताःकोहि पछाडी छुट्दैनन भन्ने नाराका साथ ९५ औं सहकारी दिवस मनाइएको हो । सो अवसरमा अर्थमन्त्री कार्कीले मुलुक निर्माणमा सहकारीको भूमिका अपरिहार्य रहेको बताएका हुन् । ‘मुलुकको विद्यमान व्यापार घाटा कम गर्नुपर्ने चुनौती छ । त्यसका लागि सरकार र निजि क्षेत्रले मात्र पुरा गर्न नसक्ने भएकाले समुदायसँग जोडिएको सहकारीले महत्वपूर्ण भूमिका खेल्न सक्ने भएर नै संविधानले नै तीन खम्बे अर्थनीतिलाई स्वीकार गरेको हो,’ कार्कीले भने, ‘नयाँ सहकारी ऐन तीन खम्बे अर्थनीतिलाई मूर्त रुप दिनेगरी आउने मलाई विश्वास छ ।’उनले सहकारी ऐनमार्फत सहकारी व्यवसायलाई अझ अगाडी बढाउन सहयोग पुग्ने धारणा राखे । उनले सहकारी क्षेत्र उत्पादनसिल, पर्यटन, जलविद्युतलगायतका क्षेत्रमा समेत क्रियासिल हुनुपर्ने बताउनुभयो । उनले स्थानीय तहको निर्वाचन सम्पन्नसंगै देशमा विकासको लहर आउने विश्वास व्यक्त गरे ।
राष्ट्रिय सहकारी संघ लि. नेपालका अध्यक्ष केशव बडालले नेपालको सहकारी अभियानको वर्तमान अवस्थाबारे चर्चा गरेका थिए । संविधानको गतिसिलताको आधारमा सहकारी ऐन जारी हुनुपर्नेमा जोड दिए । उनले भने, ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीले काँध थाप्नुपर्ने भएकाले गलत गर्ने सहकारीलाई संघले संरक्षण गर्दैन । यसमा सबै निश्चिन्त भए हुन्छ ।’ राष्ट्रिय योगजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठले राज्यले सहकारीलाई धेरै महत्व दिएको भए पनि सहकारी अभियानले प्रतिफलमा पुर्नविचार गर्नुपर्ने अवस्था रहेको औल्याए । सहकारी उत्पादन मुल्य शृखलामा जोडिनुपर्नेमा जोड दिदै उनले भने, ‘नविनतालाई सहकारीले आत्मसाथ गर्दै समय अनुसार परिवर्तन हुनुपर्ने देख्छु ।’
त्यसैगरि सो कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, सांसद तथा संघकी उपाध्यक्ष ओमदेवी मल्ल, संघका सल्लाहकार तथा पुर्व उपप्रधानमन्त्री भरतमोहन अधिकार, डा भरत प्रधान, गणेश शाह, दिपक प्रकाश बास्कोटा, राष्ट्रिय सहकारी विकास बोर्डका सरोजकुमार शर्मा, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सह सचिव सुरेश प्रधानलगायतले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
यसैगरि देशका विभिन्न क्षेत्रमा रक्तदान, सरसफाई, जनचेतना, तालिम, प्रतियोगितालगायतका कार्यक्रम गरी ९५ औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको छ ।

सहकारी कर ज्ञानमाला विमोचन
९५ औं सहकारी दिवसको अवसर पारेर राष्ट्रिय सहकारी संघले सहकारी कर ज्ञानमाला प्रकाशन गरेको छ । सहकारीसम्बन्धी करको सम्पूर्ण जानकारी भएको सो पुस्तकको एक समारोहबिच अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विमोचन गरे ।

उत्कृष्ट सहकारी संघ/संस्था पुरस्कृत
राष्ट्रिय सहकारी संघले ९५ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा देशभरिको एक उत्कृष्ट सहकारी संघ र ७ वटा उत्कृष्ट सहकारी व्यवसाय संस्थालाई पुरस्कार प्रदान गरेको छ । उत्कृष्ट सहकारी पुरस्कारबाट ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ पुरस्कृत भएको हो । त्यसैगरी उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट झापको महारानी झोडासाना किसान कृषि सहकारी संस्था, सर्लाहीको सगुन साकोस, चितवनको नन्दिनी दुग्ध उत्पादक सहकारी संस्था, नवलपरासीको नवप्रगति साकोस, रुपन्देहीको प्रगतिशिल महिला विकास बहुउद्देश्यीय सहकारी, दैलेखको गोठपाँडा कृषक सहकारी र दार्चुलाको श्री केदारनाथ साको पुरस्कोत भएको हो ।
त्यसैगरि सहकारी संघहरुको सुदृढीकरण तथा पुनउत्थान कार्यत्र mम अन्तर्गत एनसीएफले १० वटा संघलाई कम्प्युटर प्रदान गरेको छ । जसमा केन्द्रिय सुपारी सहकारी संघ, गुल्मी र दैलेख, रामेछापको जिल्ला सहकारी संघ छन् । त्यसैगरि सुनसरी बहुउद्देश्यीय सहकारी संघ, तनहुँको जिल्ला दुग्ध उत्पादक सहकारी संघले पनि उपकरण प्राप्त गरे । त्यसैगरि धनुषा, दाङ्ग, मकवानपुर र लम्जुङ्गको जिल्ला बचत तथा ऋण सहकारी संघले पनि सो कार्यक्रम अन्तर्गत कम्प्युटर प्राप्त गरे ।

अभिलेख

लोकप्रिय