१३ बैशाख २०८१, बिहीबार

ललितपुरको सहकारी टोलीद्वारा आदर्श सञ्चार सहकारीको अवलोकन

४ बैशाख २०७४, सोमबार
ललितपुरको सहकारी टोलीद्वारा आदर्श सञ्चार सहकारीको अवलोकन

chandrasurya

बागलुङ । चन्द्रसुर्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड ललितपुरको टोलीले आदर्श सञ्चार सहकारी संस्था बागलुङको स्थलगत अवलोकन गरेको छ । ललितपुरबाट संस्थाका अध्यक्ष रामशरण बस्नेतको नेतृत्वमा आएको टोलीले आदर्श सञ्चार सहकारी संस्थाको अवलोकन गरेको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले बागलुङ जिल्लाको पर्यटकिय क्षेत्रलाई थप प्रभावकारी बनाउनका लागी सहकारीहरुले महत्वपुर्ण भुमिका खेलेको बताएका थिए । दैनिक रुपमा धौलागिरि लगायत अन्य जिल्लाहरुबाट आउने सहकारी टोलीको भ्रमणले जिल्लालाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नका लागी मद्धत पु¥याउदैँ आएको बताइएको छ । नेपालका विभिन्न क्षेत्रमा क्रियाशिल बचत तथा ऋण, सञ्चार, कृषि तथा पशुपालन एवं अन्य दर्जनौ सहकारीहरुले जिल्लाको स्थलगत अवलोकन गरिसकेका छन् । दैनिक रुपमा बढ्दै गएको सहकारी भ्रमणले जिल्लामा रहेका विभिन्न क्षेत्रलाई पर्यटकिय गन्तव्यका रुपमा चिनाउने अवसर समेत प्रदान गरेको बताइएको छ ।

सहकारीहरु शहर केन्द्रित धेरै भएकाले ग्रामिण भेगहरुमा पनि सहकारीहरु स्थापना गर्नुपर्नेमा जोड दिदैँ सहकारीलाई उत्पादनमुखी बनाउनुपर्ने बताएका छन् । कार्यक्रममा संस्थाका सम्पादक रामबहादुर जिसीले आदर्श सञ्चार सहकारीको परिचय संगै जिल्लाका सहकारीहरुको अवस्था, सहकारी अभियान एवं गतिबिधिका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष एवं वर्तमान सल्लाहकार मनकुमारी केसीले पछिल्लो समय महिलाहरु धेरै अगाडी बढि सकेकाले राज्यले थप व्यवस्थितका साथ प्रभावकारी कार्यक्रमबाट महिलाहरुलाई अगाडी बढाउनुपर्ने बताईन ।

चन्द्रसूर्य वचत तथा ऋण सहकारी संस्थाका बारेमा अध्यक्ष रामशरण बस्नेतले जानकारी गराएका थिए ।

अभिलेख

लोकप्रिय