‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’

netra– नेत्रप्रसाद घिमिरे

दिगो विकासको लक्ष्य प्राप्तिको लागि सहकारी कुनै पनि कुराको प्रगति हुनु विकास हो । विकास क्षणिक र दिगो वा दीर्घकालिन दुई प्रकारको हुन्छ । जस्तै डोजर लगाइ बाटो सडक निर्माण गरिएको क्षणिक विकास हो किनभने डोजरको प्रयोगले भविष्यमा पहिरो आउन सक्छ वा वातारवरणमा प्रतिकूल प्रभाव पर्न सक्छ जस्ले मानव जीवनको जीवनचक्रमा प्रतिकूल प्रभाव पर्न सक्छ । अत भौतिक विकासको नाममा विनास भैरहेको तथ्यलाई सन् १९८७ मा बोध गरी दिगो विकासको अवधारणाको प्रतिपादन गरिएको हो । तत्काललाई फाइदा भएता पनि त्यो सधैको लागि टिकाऊ हुँदैन भने त्यो क्षणिक विकास हो । जस्तै हालको जग्गाको कारोबार वा अन्धाधुन्ध शहरीकरण वा अन्धाधुन्ध भौतिक विकास । यसमा व्यक्तिगत रुपमा कसैको क्षणिक आर्थिक प्रगति भएपनि त्यस्को नकारात्मक असर हामी सबैको भविष्यका सन्ततिलाई कहि न कहि प्रभाव पार्छ । त्यसलाई दिगो विकास भनिदैन तर त्यस्तो विकासहरु जस्ले हालमा पनि हामीलाई सकारात्क प्रभाव पार्छ र भविष्यमा पनि हाम्रो सन्ततिहरुलाई सधै सकारात्मक असर पार्दछ भने त्यसलाई दिगो विकास भनेर भनिन्छ । सन २०१५ मा भएको विश्वका १९० भन्दा बढि राष्ट्रहरु मिलेर समृद्ध विश्व निर्माणको लागि सन् २०३० सम्मको लागि १७ वटा दिगो विकासका लक्ष्यहरु निर्माण गरिएको छ ।

ती लक्ष्यहरु यस प्रकार रहेका छन् ।

१) गरिबी निबारण— १.२५ डलर प्रतिदिन भन्दा कम आमदानी भएका व्यक्तिहरुको निवारण गर्नु ।
२) भुखमरीको अन्त— ९२५ मिलियन मानिसहरु भुखै बेडमा सुत्न जान्छन् ।
३) राम्रो स्वास्थ्य— राम्रो स्वास्थ्यको अभावले ११ बच्चाहरु प्रत्येक मिनेटमा मर्ने गर्दछन् ।
४) गुणस्तरीय शिक्षा— १७० मिलियन मानिसहरु प्राथमिक शिक्षाबाटै बाहिरिन्छन् ।
५) लैंगिक समानता— ७० प्रतिशत काम महिलाले गर्छन तर १० प्रतिशत मात्र आम्दानी गर्दछन् ।
६) स्वच्छ पानी र सरसफाई— धेरै व्यक्तिको हातमा मोबाइल फोन छ तर घरमा चर्पी छैन् ।
७) नविकरणीय उर्जा— १.१ मिलियन मानिसहरु विजुली विना बसोबास गर्छन् ।
८) राम्रो रोजगार र आर्थिक सम्वृद्धि— हाइटीमा प्रति घण्टा ६४ डलर कमाउछन् ।
९) औद्योगिकरण÷नविनतम भौतिक संरचना— ग्रामिण समुदायमा बनेको झोलुङ्गे पुलले समुदायको ब्यापार १५ प्रतिशतले बढेको छ ।
१०) असमानताको अन्त्य— ८ व्यक्तिको हातमा विश्वको ३.६ विलियन जनसमुदायको धन छ ।
११) दिगो शहर र समुदाय— आधा मानिसहरु ग्रामिण भेगमा बसोबास गर्ने गर्दछन् ।
१२) जिम्मेवार खपत ।
१३) जलवायु प्रभाव— १—४ फिट सम्म समुद्री तह बेढेको छ ।
१४) पानी मुनिको जीवन— २.६ विलियन मानिसहरु समुदी खाना खाएर बाच्ने गरेका छन् ।
१५) जमिन माथिको जीवन ।
१६) शान्ति र न्याय ।
१७) लक्ष्यको लागि साझेदारी ।

सहकारी पूँजीवाद र शोषणबाट मुक्तिका लागि आम जनताको संयुक्त प्रयास हो, जुन एकका लागि नभएर सबैका लागि हुने गर्दछ । सहकारी सबैका लागि खुल्ला हुने हुँदा हरेक नागरिकले यसको सदस्य बनेर योगदान गर्न एवं वितरीत सेवा ग्रहण गर्न सक्दछन् । यो समुदायमा आधारीत, सदस्य केन्द्रित र सहकारीको मूल्य, मान्यता, सिद्धान्त र मर्म अनुरुप संचालन हुनुपर्छ । सहकारीले उत्पादनमा जोड दिदै न्यायोचित वितरणको समेत कुरा गर्ने हुनाले दिगोविकासको अवधारणा अनुरुप अर्थव्यवस्थामा सहकारीले सवै वर्गको स्वामित्व स्थापित गर्दछ अर्थात गरिबको पनि स्वामित्व सम्पत्ति सिर्जना हुने परिकल्पना गरिएको हन्छ । समुदायमा छरिएर रहेका स्थानीय स्रोत, साधन र पूँजीहरुलाई एकत्रित गरी व्यवस्थापन गर्ने कार्यकुशलता वा क्षमता अभिवृद्धि गरी सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्ने सवल संस्थागत माध्यम नै सहकारी हो । नेपालको सहकारी संचलनमा धेरै नै चुनौतीहरु विद्यमान रहेका छन् जस मध्ये मुख्यतया सहकारीको अवधारणा बारे अल्पज्ञान र अस्पष्टता हुनु, व्यवस्थापकीय कार्यकुशलताको अभाव, नेतृत्वशैली कमजोर वा नेतृत्व कुशलताको अभाव, संस्थाप्रति पूर्ण समर्पण र विश्वासको कमी, व्यवसायिक बन्न नसक्नु, इमान्दारीता, पारदर्शीता र जवाफदेहितामा कमी, सहकारीमाथि सरकारी लगानी न्यून हुनु, दोहोरो सदस्यता, अस्वस्थ प्रतिप्रर्धा हुनु, नितीगत समस्याहरु रहनु, पाठ्यक्रममा सहकारी पर्न नसक्नु, जीवन उपयोगी शीपहरु सहकारीबाट प्राप्त हुन नसक्नु, उत्पादन, वितरण एवं गुणस्तर निर्धारण गर्न नसक्नु आदि रहेका छन् । उपरोक्त चुनौतीहरु समाधानका लागि विभिन्न उपायहरु अवलम्बन गर्दा सहकारीको मूल्य मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्न सहज हुने देखिन्छ । जस्तै सहकारीहरु बीच एकिकरण,उपयुक्त निती निर्माण र त्यसको कार्यान्वयन, व्यापक रुपमा सहकारी शिक्षा तथा तालिमको ब्यबस्था, सदस्यता विस्तार एवं संस्थाको गुणस्तर वृद्धिका लागि समय सापेक्ष कार्यक्रमहरु संचालन, व्यवस्थापकीय क्षमता अभिवृद्धि एवं प्रविधीमा जोड, नेतृत्व विकास, व्यवसायीकतामा जोड, महिला तथा युवाहरुको सक्रिय सहभागिता आदि पर्दछन् । गाउँदेखि शहरसम्म रुचाइएको सहकारीको अपरीहार्यतालाई आत्मसात गर्दै सबै पक्षबाट यसको जगेर्ना गर्नु जरुरी छ । ग्रामीण महिलाहरुको आर्थिक, सामाजिक सशक्तिकरण गर्न, महिला हिंशा न्यूनिकरण गर्न सहकारी आवश्यक छ । किसानहरुका उत्पादनलाई संकलन गर्ने एवं बजार ब्यवस्थापन कार्यमा सहकारी सस्था अग्रसर हुनुपर्छ ।

यस सन्दर्भमा नेपालको विकासका लागि यस वर्षको दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने नाराले संयुक्त राष्ट संघले तोकेको दिगो विकासका १७ वटा लक्ष्य प्राप्तिमा नेपालको सहकारी अभियान योजनाबद्धरुपमा लाग्नुपर्ने भएको छ । वास्तावमा सहकारीको सामाजिक, आर्थिक, न्यायिक, शैक्षिक उद्देश्य पनि यीनै दिगो विकास लक्ष्यसँग अन्तरसम्बन्धित छ । सहकारीको पनि सामाजिक उद्देश्य अन्तरगत उपलब्ध साधन स्रोतलाई सीमित वर्ग वा व्यक्ति विशेषमा मात्र एकत्रित हुन नदिई सबै वर्ग र व्यक्तिहरुमा समानरुपले आर्थिक उपलब्धिहरुको वितरण गरी सदस्यहरुलाई सामाजिक न्याय दिलाउनु सहकारीको प्रमुख न्यायिक उद्देश्य रहेको हुन्छ यसरी न्यायोचित धनको वितरणबाट समाजका कमजोर एवं विपन्न वर्गको एकातिर आर्थिक उत्थान हुन्छ भने अर्कोतिर उनीहरुले सामाजिक न्याय र समानता पाउँछन् । सदस्यहरुलाई विभिन्न आयमूलक, सीपमूलक एवं उत्पादनशील व्यवसाय सञ्चालन गर्ने रोजगारीका समान अवसरहरु प्रदान गरी उनीहरुको अािर्थक विकास गर्नु सहकरीको आर्थिक उद्देश्य हो । समाजमा व्याप्त आर्थिक विचौलियापन, सामाजिक विभेद र उत्पीडन, सांस्कृतिक विचलन,गरीबी, बेरोजगारी, आर्थिक शोषण र अन्याय–अत्याचारको अन्त्य गरी एक आदर्श समुन्नत सुसंस्कृत समाजको निर्माण गर्नु र मानिसहरुमा सहयोग, एकता, इमान्दारिता, स्वावलम्बन, सामाजिक दायित्वको भावना जस्ता मानवीय गुणहरुको विकास गर्नु सहकारीको सामाजिक उद्देश्य हो । सहकारीले आफ्ना सदस्यहरुको चेतना विकासका लागि निरन्तर रुपमा सहकारी शिक्षा, तालिम र परामर्श दिनु यसको शैक्षिक उद्देश्य हो । यसरी सहकारीले सिद्धान्त बमोजिम आफ्ना उद्देश्य हासिल गर्दै जादा ती १७ वटा दिगो विकासका लक्ष्यहरु धेरै हद सम्म हासिल गर्न सकिन्छ र सहकारी विश्वको हरेक कुना कुनामा, टोल टोलमा र व्यक्ति व्यक्तिमा पुग्न सफल संगठन पनि रहेकोले सहकारीले साच्चिकै रुपमा आफ्ना सिद्धान्त मूल्य मान्यता बमोजिम उद्देश्य पुरा गर्न लाग्ने हो भने समुदायको समाजको राष्टको विश्वको आमुल परिवर्तन गर्न सकिन्छ जस्को परिणामस्वरुप दिगो विकासका लक्ष्य प्राप्ति गर्न सकिन्छ । त्यसैले दिगो विकासका लक्ष्य प्राप्तिको लागि सहकारी अपरिहार्य सावित भएको छ । सहकारी समुदायमा आधारित संगठन हो । समुदायको हरेक सदस्यको आर्थिक, सामाजिक, न्यायिक, शैक्षिक विकासमा सहकारीले मुख्य भुमिका खेलेकै भएर नेपाल सरकारले सहकारीलाई अर्थतन्त्रमा तेश्रो खम्बाको रुपमा लिएको छ । सहकारीको माध्यमबाट गरिबी निबारण, भुखमरीको अन्त, राम्रो स्वास्थ्यको लागि स्वास्थ्य शिक्षा, गुणस्तरीय शिक्षा, लैंगिक समानता, स्वच्छ पानी र सरसफाई, नविकरणीय उर्जा, राम्रो रोजगार र आर्थिक सम्वृद्धि, औद्योगिकरण÷नविन्तम भौतिक संरचना, असमानताको अन्त्य, दिगो शहर र समुदाय, शान्ति र न्याय, जलवायु प्रभावको क्षेत्रमा प्रत्यक्ष काम गर्न सकिन्छ । दिगो विकासका लक्ष्यहरु अन्तरगत जिम्मेबार खपत, जलवायु प्रभाव, पानी मुनिको जीवन, जमिन माथिको जीवन, शान्ति र न्याय, लक्ष्यको लागि साझेदारी सहकारीको मूल्य र मान्यताहरुमा स्वउत्तरदायित्व अन्तरगत पर्दछ । त्यस्तै सहकारीको समानता भन्ने मुल्य अन्तरगत लैंगिक समानता, असमानताको अन्त्य जस्ता दिगो विकासका लक्ष्यहरु पर्दछन् । यस्तै सहकारीको न्याय मूल्य अन्तरगत शान्ति र न्याय तथा एक्यबद्धता अन्तरगत लक्ष्यको लागि साझेदारी जस्ता लक्ष्यहरु परेका छन् ।

(लेखक डिभिजन सहकारी कार्यालय रुपन्देहीका सहकारी अधिकृत हुन्)



प्रतिक्रिया दिनुहोस