किसान सहकारीद्वारा विद्यालयमा वित्तीय साक्षरता

received_1430485203689572

कैलाली : कैलाली को लम्की स्थित किसान बहुउद्देश्यीय सहकारी संस्थाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
लम्कीचुहा २ मोतीपुर स्थिीत राष्ट्रिय उच्च मा.वि मोतीपुरका विद्यार्थीहरुका विच उक्त कार्यक्रम सञ्चालन गरिएको हो । अनावश्यक खर्च रोक्न तथा बचत गर्ने बानीको बिकास गर्नको लागि विद्यार्थी समाजको सचेत वर्ग भएकाले उनिहरुलाई कार्यक्रममा सहभागी गराईएको जानकारी लघुवित्त प्रमूख रण बहादुर साउदले जानकारी दिए ।
विं.सं २०५२ सालमा स्थापना भई २०५४ नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ कारोबार गर्न स्वीकृती प्राप्त उक्त संस्थाले २०६४ सालदेखी लघुवित्त कार्यक्रम समेत सञ्चालन गर्दै आईरहेको छ । १ उप–महानगरपालीका, ५ नगर पालीका र ३२ गाविसमा १८ वटा सेवा केन्द्रबाट सेवा दिईरहेको संस्थाको लघुवित्त कार्यक्रम अन्तर्गत जिल्ला भरका ४० हजार घरपरीवार लाभान्वित छन । कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले जिल्लाका ८ गाविस र ३ वटा नगरपालीकामा कृषकको घरघर गई ३ जना जेटीए मार्फत प्रावीधीक तथा प्रत्यक्ष सहयोग पुग्ने गरि किसान परियोजना सञ्चालन गरेको छ । ७ करोड पु“जी रहेको संस्थाको ७० करोड निक्षेप संकलन तथा १ अर्ब ५० करोड लगानी रहेको छ । जिल्लाको पहाडी गा. वि .स मा सेवा प्रदान गरिरहेको संस्थाले उक्त क्षेत्रमा कारोबार गर्न सजिलो होस भन्ने हेतुले ट्याबलेट बैंकीङ तथा विप्रेषण समेत सञ्चालनमा ल्याएको छ ।
सहकारी समाजबाट कहिल्यै अलग हुन नसक्ने भएकोले किसान बहुउद्देश्यीय सहकारी संस्थाको आगामी दिनमा यस्ता क्रियाकलापहरु झन ब्यापक रुपमा गर्दै लैजाने योजना रहेको कुरा संस्थाका महाप्रबन्धक डम्बर सुरेन्द्र बहादुर शाहले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस