बैंकभन्दा अब्बल सहकारी !

received_1429596893778403

दिपेन्द्र राउत

सर्वसाधारण र बैंक सहकारीको मुख ताक्दै भन्ने शिर्षकमा राष्ट्रिय दैनिकमा जब समाचार पढन पाए तब आम सर्वसाधारण र वित्तीय कारोबार गर्ने संस्था भन्नेले सहकारीको महत्व बुझन थाल्नु भएछ भन्ने मलाई लाग्यो । नेपालमा वित्तीय कारोबर गर्ने वणिज्य बैंक,विकास बैंक, फाइनान्स, लघु वित्त र कान्छो संस्थाको रुपमा सहकारी संस्थालाई लिने गरिन्छ । यी सबै संस्थाहरु वित्तीय कारोबार गर्ने संस्था भएता पनि सहकारीलाई आम समुदायले वित्तीय कारोबार गर्ने संस्था भनेर खासै महत्व दिएको पाईदैंन थियो । नेपालमा बैंकको इतिहास हेर्दा १९९४ सालबाट सरकारी स्तरबाट शुरुवात भएको पाइन्छ । ७९ वर्ष बैकिङ क्षेत्रले पार गरिरहँदा देशमा २५ वटा नीजि बाणिज्य बैंक, ५५ वटा विकास बैंक, ३७ फाइनान्स कम्पनी, ४७ लघु वित्त बैंक र ३ सरकारी बाणिज्य बैंकले सर्वसाधारण संग प्रत्यक्ष कारोबार गरिरहेका छन् ।
७९ वर्षमा बैंक तथा वित्तीय क्षेत्रमा नीजि क्षेत्रबाट उल्लेख्य लगानी गरिरहँदा सहकारीको अवधारण २०१३ सालबाट सुरुवात भएको पाइन्छ । दैवि विपत्तिबाट समुदायलाई पर्न गएको क्षतिलाई न्युनिकरण गर्नको लागि स्थापित भएको सहकारीको अवधारणा २०१३ बाट सुरु भएता पनि २०४८ सालपछि भने सहकारीले विशेष भुमिका खेलेको पाइन्छ । सामुहिक हितका लागि स्थापित सहकारी संस्थाहरु समुदायबाट संचालित भएको हुन्छ । सन् १८४४ बाट विश्वको सहकारी इतिहास सुरुवात भएको पाईएको छ । १७३ बर्ष पहिला सुरुवात भएको विश्वको सहकारी इतिहासले वास्तवमा आर्थिक क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । आर्थिक क्षेत्रमा मात्र नभएर सहकारीले विभिन्न क्षेत्रमा कार्यहरु गरेको छ भने उत्पादनको क्षेत्रमा त अन्तराष्ट्रिय ब्राण्ड भैसकेको छन् । विश्वमा सहकारी माध्यमबाट समग्र देशको प्रगति भएको हामी पाउन सक्छौं । नेपालमा सहकारी भन्दा पहिला बैकको शुरुवात भएता पनि बैक तथा वित्तिय संस्थाहरुले नेपाली जनतामा उल्लेख्य पहुच बनाउन सकेको पाइदैन । बैंकले आर्थिक हैसियत भएकाहरुलाई अझ बढि आर्थिक उन्नति गदै गयो भने न्युन आय र तल्लो बर्गलाई भने खासै आय आर्जनमा उन्मुख गराउन सकेन् । परिणम स्वरुप देशमा धनी अझ धनी बन्दै गए भने गरिव अझ गरिब बन्दै गएको अवस्था रहेको थियो । बैक तथा वित्तीय संस्थाहरु शहर केन्द्रीत भएका थिए भने निश्चित व्यक्तिमा मात्र सिमित रहेका थिए । बैकिङकारोबर भनेको के हो ? किन आवश्यक छ ? र के का लागि गर्ने भन्ने ज्ञान पनि बैंक तथा वित्तीय संस्थाले दिने गरेको पाइदैन थियो । यी कुराको ज्ञान नहुँदा मानिसले बैंक तथा वित्तीय संस्थाहरु संग बैंकिङ कारोबर गरेको थिएनन् । बैंक तथा वित्तीय संस्थाहरुको पहुँच आम जनतामा वा गाउँका दुर दराजमा रहेका मानिसमा नपुगिरहेको अवस्थामा नेपालमा सहकारीको व्यापकता बढेको हो । बैंक तथा वित्तीय संस्थाको आर्थिक उन्नति भइरहँदा त्यो सिमित व्यक्ति संग मात्र निहित रहेको थियो बैंकले वार्षिक रुपमा आय आर्जन गरीरहँदा त्यसको उपभोग सिमित मानिसले मात्र गरि रहेका थिए । जब सहकारीको शुरुवात भयो यसले आम सदस्यहरुलाई विभिन्न सिपमुलक तालिम दिई आय मुलक व्यवसायमा सदस्यलाई आवद्ध गराए सदस्यको आर्थिक वृद्धिमा प्रत्यक्ष सहभागिता जनाउन थाल्यो । सहकारीमा आवद्ध सम्पुर्ण मालिक भएर रहने हुँदा सहकारीको महत्व अझ व्यापकता बढेर गयो । सहकारीले सदस्यहरुलाई सहकारी शिक्षा दिएर सदस्यहरुको वृद्धि विकासका लागि विभिन्न योजनाहरु सहकारीले अवलम्वन गरेका छन् । सामुदायिक सोचमा संचालीत सहकारी नेपालमा केहि बर्ष यता आम मानिसको विश्वासको माध्यम बन्दै गएको छ । बैंक तथा वित्तीय संस्था संग कारोबार गर्दा ग्राहक भइने तर सहकारी संस्था संग कारोबार गर्दा मालिक भईने र आफुलाई सारो गाह्रो पर्दा प्रत्यक्ष सहभागि हुने सहकारी भएको हुँदा सहकारी प्रति सदस्यहरुको विश्वास बढदै गएको छ । २०१२ मा विश्वमा बैंक, वित्तीय संस्था, औधोगिक क्षेत्रमा व्यापक आर्थिक मन्दि आएको अवश्थामा पनि सहकारी क्षेत्रलाई आर्थिक मन्दिले छुन नसकेको इतिहास हामी सामु छन् ।
सहकारी भनेको स्व नियमकारी र स्व संचालीत संस्था हो । न्युन आय भएका हरुलाई आय आर्जन बढाउने र थोरै थोरै बचत गर्दा धेरै बनाउन सकिन भएको हुँदा सहकारीमा मानिसले बचत गर्न थाले । धितो नभएकालाई विना धितो लगानी गरेर व्यवसायमा प्रोत्साहित गदै उद्योगी बनाउने, घर नहुनेलाई घर हुने वनाउने अवस्था सहकारीले बनाएको छ हाम्रो समाजमा । दैनिक बचत गर्न सिकाउने, दैनिक ऋण असुली गर्ने सहकारी भएको हुँदा यस क्षेत्रमा खासै मन्दिले असर गदैन जसको परिणाम आज बैंक तथा वित्तीय संस्थामा तरलताको कमि हुँदा पनि सहकारीलाई खासै असर गरेको पाईदैन् । राज्यले सहकारीलाई तेस्रो खम्बाको दर्जा दिएता पनि राज्यबाट खासै सहयोग नहुँदा पनि सहकारीले स्व विवेकले उपलव्धी हासिल गरिरहेको छ । साथै राज्यबाट लगानी भएका बैंक तथा वित्तीय संस्था संग जनतालाई दिने सेवा सुविधामा प्रतिस्पर्धा गरि रहेको छ । सदस्यहरुको विश्वास र भरोसा यहि अनुपातमा बढदै जाने हो भने सहकारी संस्था अन्य वित्तीय संस्था भन्दा बढि अब्बल हुनेछ ।

(लेखक शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, झापाका अध्यक्ष हुन् )



प्रतिक्रिया दिनुहोस