१६ चैत्र २०८०, शुक्रबार

बारा बचत संघको दोस्रोपटक निर्वाचन तालिका सार्वजनिक

१ माघ २०७३, शनिबार
बारा बचत संघको दोस्रोपटक निर्वाचन तालिका सार्वजनिक

बारा । बारा बचत तथा ऋण सहकारी संघ लिमिटेडको नेतृत्व चयन गर्न दोस्रोपटक निर्वाचन तालिका सार्वजनिक गरिएको छ । सातौं वार्षिक साधारणसभाबाट नेतृत्व चयन हुन नसकेपछि पटकपटक निर्वाचनको माध्यमबाट नेतृत्व चयन गर्नेगरी तालिका सार्वजनिक भएको हो ।

सुक्रबार साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वामा बसेको संघको निवार्चन समितिको बैठकले नेतृत्व चयनकालागी दोस्रो पटक निर्वाचन कार्यक्रम तालिका तय गरेको हो । निर्वाचन सम्बन्धि सम्पुर्ण काम डिभीजन सहकारी कार्यलय कलैयामा गरी मतदानको कार्य मनहर्वाको बडहर्वामा गर्ने यस अघिनै निर्णय मुताविक मिति मात्रै तय भएको समितिका संयोजक अम्बीका चौलागाँईले जानकारी दिनुभयो ।

कार्तिक २५ गते डुमवानामा सम्पन्न संघको सातौं वार्षिक साधारण सभामा उपस्थित १ सय १११ वटा बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधीहरुले मात्रै निर्वाचन प्रकृयामा सहभागी हुन पाउने चौलागाँईले बताउनु भयो । जस अनुरुप माघ ३ गते उमेदवारी दर्ता गर्ने, ६ गते उमेदवारहरुको नामावली प्रकाशन गरीने भएको छ ।

७ गते दिनभर उमेदवारहरुका बिच सहमतीको प्रयास गरिने छ । सहमती हुन नसकेमा ८ गते उमेदवारीको अन्तीम नामावलीमा मतदान गराईने भएको छ । र त्यसै दिन मत परिणमसँगै नेतृत्व घोषणा गर्ने निर्णय गरेको निर्वाचन समितिका अध्यक्ष चौलागाईले जानकारी दिनु भयो । अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचि, कोषाध्यक्ष र बाँकी सदस्य १२ सदस्य संचालक समिति मतदानबाट निर्वाचित हुने छन् ।

अभिलेख

लोकप्रिय