१३ बैशाख २०८१, बिहीबार

यसरी गर्नुहोस् सहकारी एकीकरणको व्यवस्थापन

२२ पुष २०७३, शुक्रबार
यसरी गर्नुहोस् सहकारी एकीकरणको व्यवस्थापन

(क) एकीकरण गरिने संघ/संस्थाहरूको आवश्यकता पहिचान गर्ने,

(ख) एकीकृत हुने संघ/संस्थाहरूका शेयर सदस्य तथा सञ्चालक समिति, लेखासमिति र अन्य उप समितिका सबै सदस्य वा पदाधिकारी अथवा आवश्यकता अनुसारको उपस्थितिमा एकीकरण सम्बन्धी अन्तक्र्रिया छलफल कार्यक्रमको संचालन गरी सहमति जुटाउने,

(ग) उपयुक्त अन्तरक्रिया छलफल पश्चात एकीकृत हुन चाहने संघ/संस्थाहरूको सञ्चालक समितिको बैठकबाट एकीकरणको निमित्त शर्त र कार्यविधि तयार पार्न बढीमा ५ सदस्यीय संयुक्त कार्यदल निर्माण गर्ने,

(घ) कार्यदलले शर्त तथा कार्यविधिमा गहन वहस र छलफल पश्चात अनुसूची–१ बमोजिमको शर्त तथा कार्यविधि तयार पारी बढीमा ७ दिनभित्र एकीकृत हुन चाहने संघ/संस्थाहरूमा प्रस्तुत गर्ने,

(ङ) कार्यदलले प्रस्तुत गरेको शर्त र कार्यविधिलाई एकीकृत हुन चाहने संघ/संस्थाहरूको सञ्चालक समितिको बैठकबाट साधारण सभामा लैजाने गरी अन्तिम रुप दिने,

(च) एकीकरण गर्ने संघ/संस्थाहरूको शर्त तथा कार्यविधि सञ्चालक समितिले पारित गरेपछि सम्बन्धित संघ/संस्थाहरूको नियमित साधारण सभाको समय भए त्यसैमा सो नभए विशेष साधारण सभा डाक्ने र शर्त तथा कार्यविधि प्रस्तुत गर्ने ।

(छ) एकीकरणमा संलग्न हुने संघ/संस्थाहरुले सम्वन्धित डिभिजन कार्यालय र छाता संघसंग आवश्यक राय, सुझाव र सहमति प्राप्त गर्ने ।

अभिलेख

लोकप्रिय