नेफ्स्कूनको कार्यदिशा !

नेफ्स्कूनको कार्यदिशामा साकोस अभियानको प्रतिवद्धता र राज्यको एक्यवद्धता प्राप्त गर्न सकियो भने मुलुकको समृद्धिको यात्राले सार्थकता पाउनेछ

paritosh-poudel
परितोष पौड्याल

मुलुकको समृद्धिको यात्रामा नेफ्स्कून यतिवेला युगान्तकारी ऐतिहासिक विन्दुमा छ । राष्ट्रनिर्माणको यो महत्वपुर्ण आयाममा मुलुकको नयाँ आर्थिक प्रणालीलाई संस्थागत गर्न वित्तीय सहकारीको संगठनात्मक संरचना र पुनसंरचना तथा अभियानको नेतृत्व विकास र नेतृत्व व्यवस्थापनमा जुटनु पर्ने छ । नेफ्स्कून अर्थात अभियानको यो प्रतिवद्धतामा राज्यको ऐक्यवद्धता मात्रभयो भने हामी मानव विकास र समाज विकासको समष्टिगत विकास यात्रा समृद्धिको यात्रा तय गर्न सक्ने छौ । नेपालको संविधानले नयाँ अर्थ व्यवस्था र सामाजिक प्रणाली तथा राजनीतिक विचारधारा र संस्कृतिको गन्तव्यको रुपमा समृद्धि, समानता र न्याय सहितको समाजवादको कल्पना गरेको छ । समाजवादको प्राप्तिको दिशामा नेपालको वर्तनमान संविधानले अगाडि सारेको नयाँ आर्थिक प्रणालीमा तीन स्तम्वहरु (राज्य, सहकारी र निजी) को साझेदारीमा संमृद्धिको योजना वनाउनु पर्दछ । वर्तमान परिपेक्षमा समृद्धि आम जनजिव्रोको वोली वन्दैछ । यो सकारात्मक भावना र मनोवृतिले मात्र सम्भव हुदैन । समृद्धिको यात्राको दिशा र दृष्टिकोणको विषयमा अन्यौलता छ । नेफ्स्कून, समृद्धि प्राप्त गर्ने दिशामा वित्तीय सहकारी अभियानमा जागरण, सशक्तिकरण, व्यवसायिकीकरण, गुणस्तरिय सुनिश्चिता र सन्जाल व्यवस्थापन मार्पmत साकोसको एकरुपता प्रणालीमा संस्थागत वृद्धि र निरन्तर विकासको खाका तय गर्दै छ । साकोसमा सदस्यहरुको वित्तीय र गैर वित्तीय अर्थात जीवनको सर्वाग्गीण विकासका लागि विभिन्न समाधानहरु अभ्यासमा ल्याएको छ । यी समाधानहरुको नेपालको विशिष्टतामा आन्तरिकीकरण र प्रयोगवाट सकारात्मक परिवर्तन संवोधन गर्नु आजको आवस्यकता हो । समानता र न्यायको लागि आम नेपालीको यथाअवस्था रहने गुण र केही व्यक्तिको विशेष हैसितमा वदलाव ल्याई नागरिकतहमा सम्पुर्ण वित्तीय समााधान र परिस्थितिको ठोस विश्लेषणको आधारमा नयाँ कार्यादेश आवस्यक छ । इतिहासको अनुभव, ज्ञान, शिप, क्षमता तथा नीति, विधि र प्रविधि एउटा पुस्ताले अर्को पुस्तालाई अनि एउटा युगले अर्को युगलाई हस्तान्तरण गर्दै जान सकियो भने मात्र समृद्धिको यात्रामा नयाँ पुस्तालाई शसक्तिकरण गर्न सकिन्छ । नयाँ पुस्तालाई मानव अधिकार, संस्कृति, व्यपार, वातावरणीय सरोकार, वित्त र व्यपार मार्फत नेपालको नेपालको समृद्धिको यात्रामा प्ररित गर्नु पर्दछ । सैद्धान्तिक पक्षको गतिशिलता र प्रविधिको विशिष्टता तथा नैतिक पक्षको नेतृत्वलाई आत्मसात गर्दै दिगो विकासलाई संवोधन गर्नु पर्दछ । नेफ्स्कूनले परिणाममुखी समृद्धिको यात्रासंग प्रश्तुत दुई विषयहरु नेफ्स्कुनको वृद्धि र विकासको योजना, लक्ष्य र उद्देश्यसंग सापेक्ष हुनु पर्दछ ।

क) आर्थिक विकास
ख) मानिसको गुणस्तरिय जीवन

(क) आर्थिक विकास
नागरिकहरुसंगको समृद्धि, विकास तथा समानताको अधिकारलाई निकर्षमा पु¥र्याउन नेपालको संविधान २०७२ ले आर्थिक कार्यप्रणालीको तीन आयाम सरकारी, नीजि र सहकारीलाई संस्थागत गरेको छ । वित्तीय सहकारीको माध्यमवाट आवधिक मापनका आधारमा आर्थिक कार्यप्रणालीमा योगदान पु¥र्याउन आर्थिक विकासले संवोधन गर्नुपर्ने विषयहरुमा ः मुद्रास्फिर्ति, उत्पादन र सेवाको गुणस्तर तथा वित्तीय सेवाको मुल्यनिर्धारण, नागरिकको वित्तीय पहुँच, व्यवसायिक क्रियाकलाप, संयुक्त पुँजीको लगानी (समुदायमा आधारित उद्यमशीलता) मार्फत मानिसको जीवनस्तर सुधार, कुल ग्राहस्त उत्पादनमा वृद्धि लगायताका विषयहरु पर्दछन । वित्तीय सहकारीको वृद्धिलाई आर्थिक विकासको कार्यान्वयन संग अनिवार्य सम्वन्ध राख्ने आधारभूत र महत्वपुर्ण विषयहरु प्रश्तुत वमोजिम छन ।

आर्थिक तथा वित्तीय पुर्वाधारको विकास : वित्तीय सहकारीको वृद्धि र विकासको लागि धन सिर्जना गर्न सक्ने सुदृढ अर्थव्यवस्था प्रणाली : वित्तिय मध्यस्तता गर्ने संयन्त्र, वित्तिय पहुँच, वित्त विकास, संस्था सन्चालन र प्रयोगको लागि वित्तिय संहिताको निर्माण, प्रभावकारी सन्चालनको लागि वित्तीय पारदर्शिता र सुशासनको प्रवन्ध, तरलता व्यवस्थापन, मानवसंसाधन व्यवस्थापन तथा अनुसन्धान र विकास मार्फत भौतिक पुर्वाधारको विकास मार्फत जीविकाको स्तरोन्नतिमा सहयोग पु¥र्याउनु पर्दछ । जीवनस्तर वदल्नको लागि समुदायमा आधारित साकोसको स्वामित्व र नियन्त्रण र फाइदालाई सदस्य केन्द्रित वनाउनु पर्दछ । सम्पुर्ण वित्तीय समाधान सहितको साकोसको स्थापना र साकोसहरुको स्तारोन्नतिको लागि श्रोतकेन्द्रको रुपमा नेफ्स्कूनलाई संस्थागत गर्न राष्ट्रवैंकवाट स्विकृत प्राप्त साकोस वैंकको स्थापना, सस्थाको वित्तीय सुरक्षा तथा सदस्यको जीवन र गैर जीवनको सुरक्षणको लागि विमाको नियामक निकायको स्विकृतिमा साकोस विमा संस्थाको स्थापना, साकोस विप्रेषणको लागि व्यवसायीक संयन्त्र, साकोसमा वित्तीय कारोवारको लागि विद्युतिय समाधान । संस्थाहरुको स्थायित्व र सुरक्षाको लागि स्थिरिकरण कोष, सन्जाललाई व्यवस्थापन गर्न साकोसको एकरुपता प्रणाली, साझेदार निकायसंगको सहकार्यको लागि साकोस प्रतिष्ठान, वित्तीय सहकारीका उत्तम अभ्यासहरुको आन्तरिकीकरण र हस्तान्तरणका अन्तराष्ट्रिय साझेदारी नेफ्स्कुनलाई दिशानिर्देश गर्ने आर्थिक तथा वित्तीय पुर्वाधारका आधारहरु हुन । आर्थिक तथा वित्तीय पुर्वाधारका लागि वित्तीय क्षेत्रको जिम्मेवारी नेफ्स्कूनको कार्यदिशा हुनु पर्दछ ।

उद्यमशिलता, नवप्रर्वतन र आविस्कार : व्यवसायीक विविधता, प्राविधिक विविधता र सेवाको विविधतामा आधारित भई श्रोत र साधनमा अवसर र पहुँचको उपयोग गरि आयआर्जन गर्न र पुँजीवृद्धि गर्न हरेक व्यक्ति संलग्न हुनु पर्दछ । यसको लागि हरेक मानिसले नयाँ उद्यमशिलताको सोच, नयाँ औद्योगिक आयाम र व्यवसायीक समाधानको खोज गर्नु पर्दछ । नवप्रवर्तन नै विचार, पद्धति र प्रविधिको माध्यमले नयाँ धन सिर्जना, प्रविधि, श्रोत र साधनको खोज, सम्भावनाको प्राप्तिको औजार हो । अनुशासन, सिकाई, र अभ्यासको माध्यममा नागरिकलाई जागृत गर्नु पर्दछ । नवप्रवर्तन, विचारलाई योजना वनाउने मार्गदर्शन र सन्देशलाई अभ्यासमा ल्याउने माध्यम हो । आविस्कारले हाम्रो जीवनपद्धतिलाई सहज र सवल वनाउन मद्दत गर्दछ । आविस्कारले सोचलाई उपयोगीतामा ल्याउँछ उत्पादन र सेवालाई प्रभावकारी वनाउँन सघाउँछ । मानिसहरुको आदर्श इच्छा, आवस्यकता र चाहनालाई वास्तविकताको परिपुर्तिमा सहयोग पु¥र्याउँछ ।

शिक्षा र तालिम : मानव विकासलाई प्रवर्दन गर्ने पहुँचयोग्य उच्च गुणस्तरिय शिक्षा प्रणालीमा आम नागरिकको पहुँच पुग्नु पर्दछ । मानव जीवनका सम्पुर्ण पक्षमा पोख्त पार्न वित्तीय शिक्षा, व्यवसायिक शिक्षा र नागरिक शिक्षा सहितको नवमानवको विकासले मात्र राष्ट्रिय समृद्धिको प्राप्ति सम्भव हुन्छ । मानव विकास र राष्ट्र विकासको लागि गुण र क्षमतामा आधारित नागरिक समुहको निर्माण गर्नु पर्दछ । जहाँवाट समृद्ध सभ्यताको आरम्भ गर्न सकियोस । गुणस्तरिय नव मानवको विकासले मात्रै समुदायमा साधन र श्रोतको किफायति प्रयोग र उत्पादकत्वको विकासमा आधारित आर्थिक तथा सामाजिक प्रणालीको स्थापना गर्न सम्भव हुन्छ । उच्च गुणस्तरिय मावनको विकासका लागि साकोसले सदस्यहरुमा शिक्षा, तालिम र सुचनालाई आधार वनाई समृद्ध गुणस्तरिय नयाँ जीवनको सर्वाग्णीण विधामा पोख्त सदस्यको निर्माण गर्दै राष्ट्रिय समृद्धिको यात्रामा सहयोग पु¥याउनु पर्दछ । साकोसलाई सशक्तिकरण, विद्युतिय समाधान, व्यवसायिक समाधान तथा साकोसको विकास र अनुसन्धानको लागि व्यवसायीक साकोस तालिम केन्द्रको प्रभावकारी सन्चालन गर्नु पर्दछ । मानिसको भावना र मनोवृतिको सकारात्मक सुधार मात्र होइन उनिहरुमा समृद्ध मुलुकको लागि आवस्यक क्षमता र सामर्थको विकास गरि मानिसका कार्यशैलि र प्रभावकारीतामा वदलाव ल्याउनु पर्दछ । यसको लागि नेफ्स्कूनले यो अभियानका स्वयंसेवकको व्यापक परिचालन गर्नु पर्दछ ।

लोकतान्त्रिक संस्थाको विकास : लोकतन्त्र संस्थाको नीतिमा प्रतिविम्वित हुन्छ । नेतृत्व र विधि निर्माणमा लोकसम्मति भएजस्तै साकोसको सन्चालन विकास र व्यवस्थापनको लागि नीति, आर्थिक वृद्धिमा आधारित पारदर्शी र जवाफदेही शासन र प्रशासनमा सदस्यको सहभागितालाई जोड दिनु पर्दछ । सहकारीमा शेयर लगानी मार्फत संस्थामा सदस्यको आर्थिक सहभागिता हुन्छ । वचत ऋण अभियानमा यो आर्थिक सहभागिता भनेको वचतमा पनि अनिवार्य सहभागिताको अवधारणा हो । सदस्यहरुको स्वामित्व, एक व्यक्ति एक मतको समतावादी अवधारणामा आधारित नियन्त्रण प्रणाली सहकारी लोकतन्त्रको मर्म हो । सहकारीमा आम्दानीको ठूलो हिस्सा संस्थागत विकासमा लगानी गर्ने संस्था विकास गर्ने गरिन्छ । सस्थाको फाइदाको (उत्पादन र सेवामा) सक्रियताको आधारमा एउटा हिस्सा शेयरको अनुुपातमा लाभांश र अर्को हिस्सा कारोवारमा संलग्नता (वितरणमुखी न्याय) आधारमा सदस्यहरुलाई लाभ पु¥याउने प्रणाली अवलम्वन गरेकाले सहकारी क्षेत्रलाई लोकतन्त्रको प्राथमिक पाठशाला पनि भनिन्छ । वित्तीय पहुँच र वित्तीय लोकतान्त्रिकरणको लागि लोकतान्त्रिक केन्द्रियताको आधारमा अभियानका स्वयंसेवकलाई संगठित गर्न साकोस अभियानको स्वयंसेवकवाट सन्चालित साकोस फाउन्डेशनको संस्थागत विकास गर्नु पर्दछ । व्यवसाय, संगठन र नेतृत्व समृद्धिको धरातल भएकाले स्वयंसेवकको क्षमता अविवृद्धि, निरन्तर शिक्षा र परिवर्तनको लागि परिचालन लोकतन्त्रको आधार स्तम्व हो ।

साकोसको सम्पुर्ण वित्तीय समाधानको केन्द्र : नेफस्कून वित्तीय समाधानको श्रोतकेन्द्र रुपमा रहनु पर्दछ । साकोसहरुको संस्थागत स्थायित्व, सुरक्षा र विकासको लागि आधारभूत विषयहरु वचत सुरक्षण कोष, व्यवसाय विकास केन्द्र, स्थिरिकरण कोष, वित्त प्रणाली (लधुवित्त, हरित वित्त, कृषि वित्त लगायत) जोखिम न्यूनिकरण, स्तरिकरण, गुणस्तरिय सुनिश्चिता, लगायतका वित्तीय सहकारीको क्षेत्रमा विकास र आविस्कार भएका समाधानहरुको क्रमिक विकास र उपयोगको रणनीतिको लागि योजना र कार्यान्वयन गर्नु पर्दछ ।

ख) जीवनको गुणस्तर :

सदस्यहरुको गुणस्तर मापन गर्ने विषय वृहत्तर रुपमा सदस्यको जीवन पद्धति भित्रको विविध वित्तिय निर्णयसंग जोडिन्छ । नागरिकहरुको वित्तिय क्रिर्याकलाप र व्यक्तिगत कार्यसम्पादन सापेक्षित रुपमा सम्वन्धित पक्षहरु हुन । जीवनको गुुणस्तरमा निर्धारण गर्ने विषयले ः वित्तिय सुरक्षा, वयक्तिक स्वतन्त्रता, उचित वातावरण, रोजगारको सुरक्षा, पारिवारिक जीवन, शिक्षा, स्वास्थ्य तथा सुरक्षा र सामाजिक पुँजीसंग सापेक्ष सम्वन्ध राख्दछ । गुणस्तरिय जीवनले वचतलाई घटाउँछ अथवा गुणस्तरि जीवनले खर्च वृद्धि गर्दछ । सकोस अभियानको लक्ष्य वचत वृद्धि गर्नुमात्र होइन उसको आयआर्जनको नयाँ खोज र त्यसालाई आवस्यक पर्ने सहयोग, शिक्षा, तालिम र सुचनाको माध्यमले ज्ञान, शिप र क्षमताको अविवृद्धि गर्नु पनि हो । त्यसैले नेफ्स्कुनले सदस्यहरुको जीवन स्तर वदल्नको लागि साकोस निर्माण भन्ने नारालाई प्राथमिकताका साथ वर्षको नारा वनाएको थियो । गुणस्तरिय जीवनको लागि साकोसले निर्वाह गर्नु पर्ने विषयमा

संस्थाका उत्तरदायित्वहरु :
सुशासन : साकोसको आन्तरिक प्रशासन, वजार, सरोकारवाला, संस्था र सदस्य वीचको सम्वन्ध, संस्था र समाजसंगको सम्वन्ध सन्चालन गर्न सकोसको मुल्य अनुुसारको अन्तरक्रिया र निर्णय प्रक्रियामा साझेदारीमा साझा समस्यको समाधान गर्नु सुशासन हो । सुशासनले नवप्रर्वतन, पुनरसशक्तिकरण, उत्पादन र सेवाको प्रभावकारी सन्चालन, व्यवस्थापकिय कुशलता, लोकतान्त्रिक पद्धति मार्फत सन्चालिन हुने प्रक्रिया सुशासन हो । सुशासनको प्रत्याभूतिको लागि साकोसका हरेक सदस्य संस्थाको विधि, नीति र प्रविधिको उपयोगमा उत्तरदायित्वपुर्ण जीम्मेवार हुन आवस्यक हुन्छ । सुशासनको लागि संस्थाको आन्तरिक प्रणलीमा नीतिको नियन्त्रण, संस्थाको वाहिय प्रणालीमा कानूनी संहिताको पालनना र सदस्यको वयक्तिक सुशासनको प्रणालीसंग सम्वन्धित हुन्छ ।

स्वास्थ्य : मानिसको गुणस्तरिय जीवन प्रभावकारी शारिरीक, मानसिक र सामाजिक परिवर्तनको लागि आवस्यक पर्ने सामर्थ र तन्दुरुष्टी हो । यो शारिरिक अशक्तता र रोगको अनुपस्थिति मात्र होइन रोगको गुणस्तरिय उपचारको निम्ति पहुँच र अवसर पनि हो । नेपालमा जनसंख्याको वहुमतमा विकलांग छ । यो राष्ट्रनिर्माणको लागि भयाभह अवस्था हो यसलाई सहकारीको एउटा विषय वनाउन जरुरी छ । सन्तुलित स्वास्थ्यको लागि साकोसले योजना वनाउनु पर्दछ । जनसंख्या जीवनको गुणस्तरको लागि स्वास्थ्य विमासंग यो विषय जोडिनु पर्दछ ।

वयक्तिक स्वतन्त्रता : मानिस जन्मको आधारमा स्वतन्त्र हुन्छन । जन्मको आधारमा हरेक मानिसमा आधारभूत रुपमा जीवन, स्वतन्त्रता, आधारभूत हक र आत्मसम्मानयुक्त जीवनको अधिकार निहित रहन्छ । यस्ता अधिकारहरु हरेक मानिसले उपयोग गरे जस्तै साकोसको सदस्यले पनि वयक्तिक स्वतन्त्रतामा अधारित जीवन पद्धति र चिन्तन पद्धतिको स्वतन्त्रता प्राप्त गर्नु पर्दछ । अधिकार र लोकतान्त्रिक पद्धति मार्फत नागरिकको वयक्तिक स्वतन्त्रतालाई सम्मान, सुरक्षा र परिपुर्ति गर्र्नु पर्दछ ।

सुरक्षा : सुरक्षा भनेको मानिसलाई हानिहुने विषयवाट मुक्त रहने प्रत्याभूति हो । यो भित्र जीवन, सम्पत्ति, व्यक्तित्व, आत्मसम्मान मानिसका आधारभूत मानव अधिकार र राज्यको कानूनले सिर्जना गरेको अधिकारलाई विनारोकतोक सन्चालन र व्यवस्थापन गर्ने समार्थ पर्दछन । साकोसले यो सुरक्षाको सन्दर्भमा हरेक मानिसलाई मुख्यत सदस्यलाई जागरण र ससक्तिकरण गर्नु पर्दछ । सदस्यको सुरक्षाको अतिरिक्त संस्थाको सुरक्षाको लागि सभ्यताको विकास गर्ने र सुन्दर संन्सारको निर्माण गर्नु पर्दछ ।

सामाजिक पुँजी : वित्तीय सहकारीले सहकार्य, भरपर्दो र विश्वासिलो समुदाय जसले मानिसका आधारभूत आवस्यकताको परिपुर्तिका लागि सेवा र उत्पादनको उपलब्धतामा भूमिका निर्वाह गर्न सकुन । अवको युग समृद्धिको युग, उपभोक्तावादी युग हो । हरेक मानिस आर्थिक रुपमा स्वाधिन र आयआर्जनसंग जोडिनु पर्दछ । उत्पादन र सेवाका आधारमा औद्योगिकीरण, प्राविधिकीकरण र व्यवसायीकीकरणालई आधार वनाई ठुलो सामाजिक पँुजीको निर्माण गरि राष्ट्रिय पुँजीको निर्माण गर्नु र संयुक्त पुँजी मार्फत राष्ट्रि गौरवका कार्यक्रमहरुमा योगदान पु¥याउन साकोस अभियान्ताको चाख र अभिरुचि आवस्यक रहन्छ । संगठित पुँजीको सन्चालनको लागि विशिष्ट योजना वनाई समृद्धिको यात्रामा सामाजिक पुँजीको प्रयोगलाई व्यवसाय विकास केन्द्रहरुलाई सामाजिक पुँजी प्रयोग गर्ने आधार वनाउनु पर्दछ ।

आधारभूत आवश्यकता : आधुनिक युगमा मानिसका विकासको अधिकारको परिभाषित हुदैछन । मानिसले आधारभूत समृद्धिको यात्रामा विज्ञानको पछिल्ला उपलब्धिको प्रयोग तथा आवश्यकता अनिवार्य र मुख्य विषय वन्दैछन । यस्ता आवस्यकताहरु विकसित हुँदै आउने मानव चेतना र सस्कृति असिमित र गतिशिल हुन्छन । आधारभूत आवस्यकताहरु मानिसका आर्थिक, सामाजिक, सास्कृतिक र पर्यावरणीय अधिकारसंग अन्तरसम्वन्धित, अन्तरनिर्भर र अन्तरक्रियात्मक हुन्छन । यी विषयहरु स्वस्थ्य पानी र हावा, प्राकृतिक गुणस्तरिय खाद्य, सुरक्षित आवास, वाल्यकालको विकास र सुरक्षा, शारिरिक सुरक्षा, अनुकुल भौतिक वातावरण, अनुकुल कार्यस्थल, स्वास्थ्य सुविधा, आर्थिक सुरक्षा, पारिवारिक जीवन, आधारभूत शिक्षा लगायत छन । यस्ता आधारभूत आवस्यकताका परिपुर्तिबाटै समृद्धिको मापन गर्ने भएकाले यस्ता विषयमा साकोसले विचार मन्थन र उत्पादन र सेवाको आविस्कार व्यवस्थाको लागि हरेक साकोसलाई नेफ्स्कूनले प्रेरणा दिनु पर्दछ ।

नेफ्स्कूनको यी कार्यदिशामा साकोस अभियानको प्रतिवद्धता र राज्यको एक्यवद्धता प्राप्त गर्न सकियो भने मुलुकको समृद्धिको यात्राले सार्थकता पाउनेछ । यसले वित्तीय सहकारी अभियान गौरवशाली हुन्छ, जव सहकारी अभियान गौरवशाली हुन्छ त्यतिवेला राष्ट्र गौरवशालि हुन्छ । यो गौरवपुर्ण यात्राले समृद्ध नागरिक र समुन्नत नेपालको निर्माण हुनेछ ।

(लेखक नेफ्स्कूनका महासचिव हुन्)



प्रतिक्रिया दिनुहोस