कोअपरेटिभ म्यानेजर्स क्लव, स्याङ्जाको अध्यक्षमा शिव वाग्ले
स्याङ्जा : कोअपरेटिभ म्यानेजर्स क्लव, स्याङ्जाको प्रथम साधारण सभा तथा विद्यमान नियामकीय संरचना अनुसार सहकारी व्यवस्थापन सम्बन्धी अनुशिक्षण कार्यक्रम स्याङ्जाको वालिङमा सम्पन्न भएको छ।
कार्यक्रममा वालिङ नगरपालिकाका नगर प्रमुख श्री कृष्ण खाँण प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। त्यसैगरी जिल्ला सहकारी संघ लि. स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष लोकनाथ रेग्मी, निवर्तमान अध्यक्ष रविन्द्र श्रेष्ठ तथा सहकारी अभियन्ता श्रीमती सीता पाण्डे लगायतको आतिथ्यता रहेको थियो।
साधारण सभाले १३ सदस्यीय कार्यसमिति गठन गरेको छ। नवगठित कार्यसमितिको अध्यक्षमा शिव वाग्ले, उपाध्यक्षमा लेखबहादुर केसी, सचिवमा अच्युत पोखरेल र कोषाध्यक्षमा ध्रुव नारायण श्रेष्ठ चयन हुनुभएको छ।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा चन्द्रा ढकाल गौतम, शालिकराम पाण्डे, ओम बहादुर थापा, निम प्रसाद न्यौपाने, नमुना अर्याल, नवराज शर्मा, सुन्दर कोइराला, कृष्ण प्रसाद पंगेनी र टंकनाथ तिवारी चयन हुनुभएको छ।
त्यसैगरी क्लबले नौ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । संयोजकमा हुम नारायण शर्मा र सदस्यहरू चिन्तामणि पौडेल, बिन्दु शर्मा, गणेशराज देवकोटा, लाल बहादुर आले, दिपेन्द्र पराजुली, गोपाल गाहा, तुलसी थापा र संगिता रुचाल चयन हुनुभएको छ।
अध्यक्ष शिव वाग्लेले स्याङ्जाको सहकारी अभियानलाई थप सशक्त, व्यवस्थित र प्रक्रियागत एकरूपतासहित अगाडि बढाउन कोअपरेटिभ म्यानेजर्स क्लव सधैं प्रतिबद्ध रहने बताउनुभयो।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार