सहकारी बैंक र कृषि तथा पशुपन्छी विकास मन्त्रालय बीच कृषि कर्जामा ब्याज अनुदान सम्झौता
ललितपुर : कृषि व्यवसाय प्रवद्र्धन गर्ने गरी बागमती प्रदेश सरकारले कृषि सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान उपलब्ध गराउने गरी राष्ट्रिय सहकारी बैंक र कृषि तथा पशुपन्छी विकास मन्त्रालय बीच द्विपक्षीय सम्झौता भएको छ ।
सम्झौतामा मन्त्रालयको तर्फबाट प्रदेश सचिव वैकुण्ठ अधिकारी र बैंकको तर्फबाट बागमती प्रदेशका प्रमुख (उपत्यका बाहेक) रामेश्वर अर्यालले हस्ताक्षर गरेका छन् ।
सम्झौतामा प्रदेशभित्रका कृषि उद्यमीलाई वित्तीय पहुँच सहज बनाउनका लागि मन्त्रालयको “कृषि सहुलियतपूर्ण कर्जा (ब्याज अनुदान) कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१“ अनुसार प्रदेशको आर्थिक विकास, रोजगारी सृजना तथा प्रदेशको मुख्य आधारशिला रहेको कृषि क्षेत्रको समग्र सुदृढीकरणका लागि कृषि उत्पादनसँगै त्यसको प्रशोधन, भण्डारण, बजारीकरण र व्यावसायिक कृषि प्रणालीको विकास गर्न प्रदेशले बैंकलाई कृषि कर्जामा ब्याज अनुदान उपलब्ध गराउने उल्लेख छ ।
कर्जा बागमती प्रदेशका १३ वटा जिल्ला तथा स्थानीय तहहरूमा प्रचलित नियमानुसार दर्ता भएका अनुदान पाउन योग्य सहकारी संस्थाहरुलाई बैंक मार्फत कर्जा परिचालन गर्ने सम्झौतामा उल्लेख छ ।
बैंकले यसअघि कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयसँग वित्तीय संस्था मार्फत प्रवाह हुने कृषि कर्जामा ब्याज अनुदान कार्यक्रम सञ्चालनार्थको सम्झौता गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार