नवजागरण साकोसको अध्यक्षमा सोमेश थापा
रामेछाप : मन्थली स्थित नवजागरण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सोमेश थापा निर्वाचित भएका छन् ।
आज सम्पन्न संस्थाको २६ औं वार्षिक साधारण सभाले आगामी ४ वर्षको लागि सोमेश थापाको नेतृत्वमा सञ्चालक समिति र तारानिधि सुबेदीको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गरेको हो ।
नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्ष दामोदर थापा, सचिव नारायण बहादुर कार्की, कोषाध्यक्ष भिमसेन थापा, सहसचिवमा कबिता श्रेष्ठ निर्वाचित भएकी छिन् । त्यस्तै संचालक समिति सदस्यहरु लालबहादुर मान्नधर, रुद्रबहादुर महत, दामोदरप्रसाद घिमिरे, जयराम मान्नधर, सबिना नेपाली र मनिषा माझी चयन भएकी छिन् ।
त्यस्तै लेखा समिति सदस्यहरुमा दिपककुमार कार्की र हसना पहरी निर्वाचित भएकी छिन् ।
संस्थाले आब २०८०/८१ मा ७४ करोडको कारोबार गरि १ करोड १० लाख नाफा गर्न सफल भएको छ । यस वर्ष संस्थाले शेयर लांभास ६.६२ प्रतिशत दिन सफल भएको छ ।
संस्थाले १७ लाख रुपैयाँ संरक्षित पसँजी फिर्ता कोषमा छुटिएको छ । हाल संस्थाको ६ करोड ९० लाख जगेडा कोषमा रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको राजीनामा
२९ फाल्गुन २०८२, शुक्रबार
चैत ५ देखि विकू बचतको प्रविधि साक्षरता तथा सदस्य सर्वेक्षण, ८१ प्रशिक्षार्थीलाई अभिमुखीकरण
२८ फाल्गुन २०८२, बिहीबार
बागमती प्रोस्कूनको आयोजनामा कोशिस चौथो समूहको ‘वी क्यान वर्कशप’ सम्पन्न
२८ फाल्गुन २०८२, बिहीबार