नेचुरल सहकारीका सदस्यलाई स्तुपा सामुदायिक अस्पतालमा विशेष छुट
काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुले स्तुपा सामुदायिक अस्पताल, चुच्चेपाटीमा विशेष छुट पाउने भएका छन् । स्तुपा हेल्थ केयर सेन्टर सहकारी संस्थाद्वारा सञ्चालित स्तुपा सामुदायिक अस्पतालमा अब नेचुरलका सदस्यहरुले १५ देखि २५ प्रतिशतसम्म छुट पाउने छन् ।
आज (बुधबार) एक कार्यक्रमको बीच अस्पतालले प्रदान गर्ने सेवाहरुमा छुट सम्बन्धी सम्झौता भएको छ । अस्पतालको तर्फबाट निर्देशक डा. पेम्बा लामा र नेचुरल सहकारीको तर्फबाट सचिव विकल्प पाठकले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै अब नेचुरलका सदस्यहरुले ओपिडि सेवामा २५ प्रतिशत, विभिन्न चेक जाँचमा २५ प्रतिशत, सर्जरीमा १५ प्रतिशत र बेड चार्जमा २५ प्रतिशत छुट पाउने छन् । सम्झौता अनुसार सदस्य, कर्मचारी र कर्मचारीको परिवारले छुट सुविधा पाउनेछन् ।
संस्थाले यस अघि पिपुल्स लाईफ केयर अस्पताल, शंखरापुर साँखु लगायत विभिन्न अस्पतालहरुसँग पनि सम्झौता गरी सदस्यलाई छुट सेवा उपलब्ध गराउँदै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको राजीनामा
२९ फाल्गुन २०८२, शुक्रबार
चैत ५ देखि विकू बचतको प्रविधि साक्षरता तथा सदस्य सर्वेक्षण, ८१ प्रशिक्षार्थीलाई अभिमुखीकरण
२८ फाल्गुन २०८२, बिहीबार
बागमती प्रोस्कूनको आयोजनामा कोशिस चौथो समूहको ‘वी क्यान वर्कशप’ सम्पन्न
२८ फाल्गुन २०८२, बिहीबार