जिल्ला सहकारी संघ काभ्रेको अध्यक्षमा अमन श्रेष्ठ र सचिवमा प्रकाश बञ्जरा विजयी

बनेपा : जिल्ला सहकारी संघ, काभ्रेपलाञ्चोकको अध्यक्षमा अमन पोटे श्रेष्ठ विजयी भएका छन् । संघको नयाँ नेतृत्व चयनका लागि बुधबार भएको निर्वाचनमा श्रेष्ठले १९० मत ल्याएर विजयी भएका हुन् ।
अध्यक्षका अर्का उम्मेदवार राजन शाक्यले १४९ मत ल्याए । श्रेष्ठ बनेपा बचत तथा ऋण सहकारी संस्था र शाक्य मोडेल बचत तथा ऋण सहकारी संस्थाबाट प्रतिनिधि बनेका थिए । श्रेष्ठ नेपाली कांग्रेस निकट र शाक्य एमाले निकाट सहकारीकर्मी हुन् । यस अघिको समितमा श्रेष्ठ उपाध्यक्ष थिए भने शाक्य कोषाध्यक्ष ।
त्यस्तै उपाध्यक्षमा मिरा सत्याल विजयी भएका छन् । सत्यालले १७२ मत ल्याउँदा उनका प्रतिस्पर्धी राधिका दाहाल घिमिरेले १५३ मत ल्याईन । त्यस्तै उपाध्यक्षमा शान्ति लामा तामाङ १७० मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षका अर्का उम्मेदवार ठाकुरनाथ अधिकारीले १६४ मत ल्याए ।
त्यसैगरी सचिवमा प्रकाश बञ्जरा विजयी भएका छन् । उनले १८६ मत पाउँदा उनका प्रतिस्पर्धी यदुनाथ हुमेगाईले १४९ मत पाए । १७६ मत ल्याएर कोषाध्यक्षमा अर्जुनप्रसाद सापकोटा विजयी भएका छन् । उनका प्रतिस्पर्धी हिमाली श्रेष्ठले १६० मत ल्याए ।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा डिल्लीप्रसाद आचार्य १५६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी गणेशप्रसाद भट्टराईले १४१ मत ल्याए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको राजीनामा
२९ फाल्गुन २०८२, शुक्रबार
चैत ५ देखि विकू बचतको प्रविधि साक्षरता तथा सदस्य सर्वेक्षण, ८१ प्रशिक्षार्थीलाई अभिमुखीकरण
२८ फाल्गुन २०८२, बिहीबार
बागमती प्रोस्कूनको आयोजनामा कोशिस चौथो समूहको ‘वी क्यान वर्कशप’ सम्पन्न
२८ फाल्गुन २०८२, बिहीबार