बिशाल साकोसको वार्षिक कार्ययोजना तथा बजेट तर्जुमा: १ अर्ब ६ करोड वासलात पुर्याउने लक्ष्य
कास्की : पोखरा महानगरपालिका-४, बुद्ध बिशाल बजार स्थित बिशाल बचत तथा ऋण सहकारी संस्थाको बार्षिक नीति तथाकार्यक्रम र बजेट तर्जुमा गोष्ठी सम्पन्न भएको छ।
१०२ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर संस्थाले आ.ब. २०८१/०८२का लागि बार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमागोष्ठी सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष शिव शर्माको अध्यक्षतामा सम्पन्न गोष्ठीमा लेखा समितिका संयोजक रामकृष्ण दुवाडीले हालको आर्थिकअवस्थाको गम्भिरतालाई मनन् गर्दै ठूलो लक्ष्य राखेर धेरै प्रतिफल भन्दा पनि प्राप्ती योग्य लक्ष्य राखेर सुरक्षित रुपमा संस्था संचालनगर्नुपर्ने बताए ।
त्यस्तै संस्थाका बरिष्ठ सल्लाहकार गोबिन्द प्रसाद ढकालले ठूलो महत्वकांक्षा नराखी यथार्थ परक कार्यक्रम तथा बजेटको मस्यौदाप्रस्तुत गरेकोमा धन्यवाद ज्ञापन गर्दै लक्ष्यलाई पूर्ण रुपमा प्राप्त गर्न समिति, उपसमिति र ब्यवस्थापन पक्ष खट्नुपर्ने बताए । सहकारीव्यवसायमाथि ठूलो चुनौती आईपरेको सन्दर्भमा समेत संस्थाको कारोबारमा कुनै असर नपर्नु सदस्यहरुको संस्थाप्रतिको बिश्वासर भरोसा रहेको बताए । त्यस्तै उनले बार्षिक कार्ययोजनाहरुको निर्माण सदस्य केन्द्रित हुनुपर्नेमा जोड दिए ।
व्यानरमा हस्ताक्षर गरि अध्यक्षबाट उद्धघाटन गरिएको कार्यशालामा संस्थाका उपाध्यक्ष बालकृष्ण ढकालले सहभागि सम्पूर्णलाईस्वागत गर्दै कार्यक्रम माथि प्रकाश पारेका थिए । संचालक इउल कुमारी पुनले सहकारीका सात सिद्धान्त वाचन गरेका थिए भने संस्थाका सचिव प्रदिप कुमार मुल्मीले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यशालामा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुदिप ढकालले आ.ब. ०८०/०८१ को प्रगति प्रतिवेदन एवं आर्थिक वर्ष २०८१ / ०८२मा १ अर्ब ६ करोड १२ लाख ५८ हजार बराबरको अनुमानित बजेट प्रस्तावको मस्यौदा प्रस्तुत गरेका थिए। कार्यक्रममा संस्थाकाप्रमुख ब्यवस्थापक शिव प्रसाद भट्टराईले सहजकर्ताको भुमिका निर्वाह गरेका थिए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार