नवकान्तिपुर सहकारीको विस्तारित मञ्च तथा सदस्य अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं : नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो कार्यक्षेत्र अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. १, २, ३, ४, ५ र ३० क्षेत्रबाट प्रतिनिधीमुलक ढंगबाट सदस्य सहभागितासहित विस्तारित मञ्च तथा सदस्य अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष शिव प्रसाद सिटौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उल्लेखित क्षेत्रका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा संस्थाको सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापनम्ाँ रहनुभएका पदाधिकारीहरुले सदस्यहरुसंग अन्तरक्रिया गरेका थिए ।
कार्यक्रमका प्रमुख प्रशिक्षक, राष्ट्रिय सहकारी बैंक लिमिटेडका तालिम अधिकृत नवकुमार अधिकारीले सहकारीको विकासक्रम, सहकारीको मूल्य, मान्यता र सिद्धान्त, संस्था सञ्चालनमा सदस्यहरुको भूमिका, संस्थाका सञ्चालक हरुले संस्थामा पुर्याउनुपर्ने योगदानको बारेमा चर्चा गरेका थिए । साथै प्रशिक्षक अधिकारीले बचतको महत्व तथा यसको परिचालन र ऋणको परिचालन सहित उद्यमशिलतामा सदस्यले खेल्न सक्ने भूमिका लगायतका बिषयमा सदस्यहरुलाई वित्तीय शिक्षा प्रदान गरेका थिए ।
कार्यक्रममा संस्थाका महाप्रवन्धक हरि प्रसाद पाण्डेले संस्थाको २०८१ वैशाख मसान्त सम्मको तुलनात्मक वित्तीय विवरण सदस्यहरुमाझ प्रस्तुत गर्दै संस्थाका विभिन्न सेवाहरुको बारेमा सदस्यहरुलाई जानकारी गराएका थिए।
अभिलेख
लोकप्रिय

आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबारRecent Posts

सञ्चालनमा आयो सहकारी कर्जा असुली न्यायाधिकरण, कर्जा उठाउन सहजता हुने
२५ असार २०८२, बुधबार

विशाल साकोसको विस्तारिक बैठक सम्पन्न, वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित
२२ असार २०८२, आईतवार