नवकान्तिपुर सहकारीको विस्तारित मञ्च तथा सदस्य अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं : नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो कार्यक्षेत्र अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. १, २, ३, ४, ५ र ३० क्षेत्रबाट प्रतिनिधीमुलक ढंगबाट सदस्य सहभागितासहित विस्तारित मञ्च तथा सदस्य अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष शिव प्रसाद सिटौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उल्लेखित क्षेत्रका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा संस्थाको सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापनम्ाँ रहनुभएका पदाधिकारीहरुले सदस्यहरुसंग अन्तरक्रिया गरेका थिए ।

कार्यक्रमका प्रमुख प्रशिक्षक, राष्ट्रिय सहकारी बैंक लिमिटेडका तालिम अधिकृत नवकुमार अधिकारीले सहकारीको विकासक्रम, सहकारीको मूल्य, मान्यता र सिद्धान्त, संस्था सञ्चालनमा सदस्यहरुको भूमिका, संस्थाका सञ्चालक हरुले संस्थामा पुर्याउनुपर्ने योगदानको बारेमा चर्चा गरेका थिए । साथै प्रशिक्षक अधिकारीले बचतको महत्व तथा यसको परिचालन र ऋणको परिचालन सहित उद्यमशिलतामा सदस्यले खेल्न सक्ने भूमिका लगायतका बिषयमा सदस्यहरुलाई वित्तीय शिक्षा प्रदान गरेका थिए ।
कार्यक्रममा संस्थाका महाप्रवन्धक हरि प्रसाद पाण्डेले संस्थाको २०८१ वैशाख मसान्त सम्मको तुलनात्मक वित्तीय विवरण सदस्यहरुमाझ प्रस्तुत गर्दै संस्थाका विभिन्न सेवाहरुको बारेमा सदस्यहरुलाई जानकारी गराएका थिए।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
काभ्रेमा सहकारीका लागि ऋण लगानी र असुली व्यवस्थापन तालिम, ८३ जनाको सहभागिता
१६ माघ २०८२, बिहीबार
६ बुँदे संकल्पसहित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन सम्पन्न
१५ माघ २०८२, बुधबार
सहकारी पत्रकार समाजमा अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति
१३ माघ २०८२, सोमबार