नेफ्स्कूनको निर्वाचन कार्यतालिका सार्वजनिक
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले निर्वाचन सहितको ३२औं वार्षिक साधारण सभाको लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
धनबहादुर श्रेष्ठ संयोजक रहेको निर्वाचन उप-समितिले आज कार्यतालिका सार्वजनिक गरेको हो । संघको निर्वाचन निर्देशिका २०७० (संशोधन ७६) को दफा ९ बमोजिम कार्यतालिका सार्वजनिक गरिएको हो ।
नेफ्स्कूनको निर्वाचन सहितको साधारण सभा आगामी पुस ७ गर ८ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुँदैछ । नेफ्स्कूनको निर्वाचन आउन अब १५ दिन मात्रै बाँकी छ ।
कार्यतालिका अनुसार प्रथम पटक मतदाता नामावली प्रकाशन, मतदाता नामावली उपर दाबी विरोध र संशोधन, अन्तिम पटक मतदाता नामावली प्रकाशन, उम्मेदवारको दरखास्त, उम्मेदवारको नामावली प्रकाशन (प्रथम पटक), उम्मेदवार विरुद्ध दाबी विरोध र निर्णय पुष ७ गतेका लागि तोकिएको छ ।
उम्मेदवारी फिर्ता, उम्मेदवारको नामावली प्रकाशन (अन्तिम), मतदान पुष ८ गतेको लागि तोकिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
काभ्रेमा सहकारीका लागि ऋण लगानी र असुली व्यवस्थापन तालिम, ८३ जनाको सहभागिता
१६ माघ २०८२, बिहीबार
६ बुँदे संकल्पसहित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन सम्पन्न
१५ माघ २०८२, बुधबार
सहकारी पत्रकार समाजमा अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति
१३ माघ २०८२, सोमबार