कैलालीमा सहकारीमा डिजिटल प्रविधि विषयक अभिमूखिकरण, हबको सेवा लिन सहकारी तत्पर

कैलाली : हब कोपरेटिभ सर्भिस लिमिटेड काठमाडौंले कैलालीमा सहकारीमा डिजिटल प्रविधि विषयक अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ । सहकारी संस्थालाई प्रतिस्पर्धी बनाउँदै सदस्यलाई प्रविधि मैत्री सेवा दिनका लागि हब कोपरेटिभ स्थापना भएको हो। हबले जिल्ला बचत तथा ऋण सहकारी संघको समन्वयमा शनिवार कैलालीमा अभिमूखिकरण कार्यक्रम गरेको थियो ।
सहकारी संस्थाहरुले निजी कम्पनीमार्फत सेवा लिइरहेको अवस्थामा सहकारीलाई अत्याधुनिक प्रविधि सेवा उपलब्ध गराउन सुरु गरेको हब कोअपरेटिभ सर्भिसका अध्यक्ष दक्ष पौडेलले बताउनुभयो । ‘सहकारीको सेवामा स्तरोन्नती गर्न प्रविधिको प्रयोग गर्नु आवश्यक छ,’ पौडेलले भन्नुभयो, ‘सम्पूर्ण डिजिटल सेवा दिन हब ल्याएका हौं ।’
मुलुकभर कार्यक्षेत्र रहेको हब कोपरेटिभले प्रारम्भिक सहकारी संस्थालाई सदस्य बनाएर सेवा दिने जनाएको छ । हबको सदस्य बनेका सहकारीले प्रविधिको माध्यमबाट भुक्तानी तथा फछ्र्यौट, आन्तरिक तथा अन्तर्राष्ट्रिय विप्रेषण सेवा, सहकारीको लेखा प्रणाली, भुक्तानी सेवा लगायतका विद्युतीय कारोबार गर्न सक्ने हब कोपरेटिभका सचिव राजेन्द्र पौडेलले बताउनुभयो । पौडेलका अनुसार हबको सदस्य बनेका सहकारी संस्थाका सदस्यहरुले एक सहकारीबाट अर्को सहकारीको चेक भुक्तानी लिन तथा जम्मा गर्न सक्नेछन् ।
प्रविधि सेवा प्रदायक निकायसँगको समन्वयमा सहकारीको वित्तीय कारोबारलाई प्रविधिमा आधारित बनाउन लागिएको हब कोपरेटिभ सर्भिसका मेनेजमेन्ट टिम लिडर शिव जी सापकोटाले बताउनुभयो । डिजिटल प्रविधिको प्रयोगले सहकारी संस्थाको क्षमता अभिवृद्धि भै सदस्यलाई आधुनिक सेवा दिन सक्ने सापकोटाको धारणा थियो । सहकारीलाई प्रतिस्पर्धी र सक्षम बनाउन आधुनिक प्रविधि प्रयोग गर्नुको विकल्प नभएको बताउनुभयो ।
कार्यक्रममा बोल्ने सहकारी अभियान्ताले हब कोभरेटिभले समय सापेक्ष सेवा लिएर आएको भन्दै सेवा लिन तत्पर रहेको बताएका छन् ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी चलाउनेहरुलाई नै सहकारीप्रति विश्वास छैन
३० बैशाख २०८२, मंगलवार

सहकारी ऐन बमोजिम कर लागू गर्न अध्यक्ष मल्लद्वारा सुझाव पेश
२८ बैशाख २०८२, आईतवार