दर्ता प्रक्रियामा अघि बढ्यो नेपाल सहकारी बैंक
काठमाडौं : प्रस्तावित नेपाल सहकारी बैंक लिमिटेडको दर्ता प्रक्रिया अघि बढेको छ । आईतबार संघीय सहकारी विभागमा नेपाल सहकारी बैंक दर्ताको लागि फाईल पेश भएको छ ।
प्रस्तावित बैंकको तदर्थ समितिले बैंक दर्ता गर्नका लागि आवश्यक सम्पूर्ण प्रकृया पुरा गरेर आज सहकारी विभागमा फाईल पेश गरेको हो ।
प्रस्तावित बैंकको तदर्थ संचालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा आज गएको पदाधिकारीको टोलीले विभागमा फाईल पेश गरेको हो ।
हाल सहकारी क्षेत्रमा क्रियाशील बैंकले सबै सहकारीकमीहरुलाई समेट्न नसकेकाले नयाँ बैंक स्थापना गर्नका लागि प्रकृया अगाडि बढाएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

प्रस्तावित बैंकको दर्ता फाईल बुझ्दै विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले फाईलको अध्ययन गरेर कानुन बमोजिम प्रकृया अगाडि बढाउने बताउनुभयो ।
यसअघि प्रस्तावित बैंकको माघ १७ गते सम्पन्न भएको प्रारम्भिक भेलाले सुरेन्द्र भण्डारीको अध्यक्षतामा २५ सदस्यीय तदर्थ संचालन समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति गठन गर्दै बैंक दर्ता प्रकृया अगाडि बढाउने निर्णय गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको राजीनामा
२९ फाल्गुन २०८२, शुक्रबार
चैत ५ देखि विकू बचतको प्रविधि साक्षरता तथा सदस्य सर्वेक्षण, ८१ प्रशिक्षार्थीलाई अभिमुखीकरण
२८ फाल्गुन २०८२, बिहीबार
बागमती प्रोस्कूनको आयोजनामा कोशिस चौथो समूहको ‘वी क्यान वर्कशप’ सम्पन्न
२८ फाल्गुन २०८२, बिहीबार