जिल्ला संघ नुवाकोटका नवनिर्वाचित पदाधिकारीलाई सहकारी बैंकको स्वागत
नुवाकोट : जिल्ला सहकारी संघ नुवाकोटको नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय सहकारी बैैक, जिल्ला शाखाले स्वागत गरेको छ । पौष २९ गते २८ औं वार्षिक साधारण सभाबाट निर्वाचित समितिलाई आईतबार एक कार्यक्रमको बीच स्वागत गरेको हो ।
कार्यक्रमको सभापतित्व बैंकका जिल्ला समन्वय समितिका संयोजक वैकुण्ठ मिश्र ले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख आतिथ्यता संघका निवर्तमान अध्यक्ष राजेश श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा संघका पदाधिकारीलाई बैंकका संयोजक वैकुण्ठ मिश्र तथा शाखा प्रमुख प्रदिप अर्ययालले खादा ओडाएर स्वागत तथा बधाई ज्ञापन गर्नुभएको थियो । उक्त कार्यक्रमा प्रमुख अतिथि श्रेष्ठले सहकारी संघ संस्थाहरुको विकास र प्रवद्र्धनका लागि सहकारी बैंकले वित्तीय व्यवस्थापनमा महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । त्यस्तै संघका अध्यक्ष न्यौपानेले सहकारीको विकासमा सहकार्य गर्दै अगाडि बढ्न संघ कटिवद्ध रहेको बताउनुभयो । त्यसै संयोजक मिश्रले सहकारी बैंक सम्पूर्ण सहकारी संघ/संस्थाहरुको बैंक भएकोले सबैसँग हातेमालो गर्दै जाने बताउनुभयो । ऋणको अधिकतम उपयोग गर्नुहुन समेत गर्नुभयो ।
संघको पौष २९ गते सम्पन्न साधारणसभाले नयाँ समिति चयन गरेको थियो । नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा शिवप्रसाद अधिकारी, सचिवमा प्रकाशकुमार अधिकारी, सह सचिवमा ओमप्रकाश श्रेष्ठ र कोषाध्यक्षमा अरुणकुमार श्रेष्ठ चयन हुनुभएको थियो ।
त्यस्तै सदस्यहरुमा कुलबहादुर खड्की, नविन्द्रमान प्रधान, अर्जुन न्यौपाने, प्रदिप अधिकारी, इन्दिरा मुडवरी, धनकुमारी रिजाल, सिता भट्टराई, पवित्रा घिमिरे, लक्ष्मण श्रेष्ठ, बाबुराम अधिकारी, भोजराज पनेरु, सविन राज भण्डारी, कृष्ण धिताल, होमबहादुर तामाङ, रामेश्वर खड्का र गोकर्ण रोक्का रहनुभएको छ ।
त्यस्तै नारायण श्रेष्ठको संयोजकत्वमा लेखा समिति चयन भएको थियो । समितिको सदस्यहरुमा नवराज पाण्डे र सरिता मुक्तान रहनुभएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
काभ्रेमा सहकारीका लागि ऋण लगानी र असुली व्यवस्थापन तालिम, ८३ जनाको सहभागिता
१६ माघ २०८२, बिहीबार
६ बुँदे संकल्पसहित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन सम्पन्न
१५ माघ २०८२, बुधबार
सहकारी पत्रकार समाजमा अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति
१३ माघ २०८२, सोमबार