४ हजार ७ सय सदस्यलाई हाम्रो सगरमाथा सहकारीको घरदैलो सेवा
काठमाडौं : ललितपुरको कुपण्डोलमा मुख्य कार्यालय रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीले लकडाउनको समयमा सदस्यहरुलाई निरन्तर घरदैलो सेवा प्रदान गरेको छ ।
लकडाउनको २३ औं दिन सम्म आईपुग्दा संस्थाले ४ हजार ७ सय ४ जना सदस्यलाई घरदैलो सेवा प्रदान गरेको छ । संस्थाले पाँच हजार रुपैयाँसम्म सदस्यकै घरमा पु¥याउँदै आएको र यस्तो सेवा लकडाउनको अवधिसम्म निरन्तर दिने संस्थाका उप–महाप्रबबन्धक गोपिनाथ घिमिरेले जानकारी दिनुभयो ।
सदस्यहरुलाई अत्यावश्यक वस्तु खरिद र आकस्मिक स्वास्थय उपचारको लागि आवश्यक पर्ने रकम सम्पर्क व्यक्तिमार्फत घरमै पु¥याउने घिमिरेले बताउनुभयो । संस्थाले प्रविधिको प्रगोगमार्फत पनि सदस्यलाई आवश्यक रकम उपलब्ध गराउँदै आएको छ ।
संस्थाले सदस्यलाई कोरोना भाईरसको बारेमा जनचेतना समेत फैलाउँदै आएको छ । संस्थाको मुख्य कार्यालयसहित १८ वटा सेवाकेन्द्र मार्फत सदस्यलाई सेवा प्रदान गर्दै आएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
कोअपरेटिभ म्यानेजर्स क्लव, स्याङ्जाको अध्यक्षमा शिव वाग्ले
३० बैशाख २०८३, बुधबार
सहकारी मन्त्रालयका सचिव भुजेललाई प्राधिकरण अध्यक्षको जिम्मेवारी
३० बैशाख २०८३, बुधबार
सहकारी पत्रकारितामा दक्षता बढाउन बागमती प्रदेशका ४० पत्रकार एकै ठाउँमा
२८ बैशाख २०८३, सोमबार