नेचुरल सहकारीको निर्णयः सदस्यको खातामा पैसा नभएपनि खाद्यान्न, औषधी र उपचारको लागि पैसा दिने

काठमाडौं, ११ चैत
काठमाडौंको जोरपाटीमा केन्द्रिय कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाको कार्यालय बन्द रहेपनि सदस्यलाई आवश्यक पर्ने सम्पूर्ण सेवा प्रदान गर्ने भएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको उच्च जोखिमलाई मध्यनजर राख्दै सरकारले नेपालभर लकडाउन गरेको अवस्थामा सदस्यलाई आवश्यक पर्ने सम्पूर्ण सेवा प्रदान गर्ने संस्थाले जनाएको छ ।
यस्तो परिस्थितीमा खाद्यान्नको अभाव, औषधी, उपचार लगायत समस्या भए संस्थाका जिम्मेवार व्यक्तिलाई फोन सम्पर्क गर्न संस्थाले आग्रह गरेको छ । सदस्यको खातामा पैसा भए पनि नभएपनि जस्तो सुकै परिस्थितीमा पनि सहकारीले सहयोग गर्ने संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले जानकारी दिनुभयो । जिवन र मरण जस्तो सुकै अवस्थामा भएपनि संस्था सधै सदस्य सर्मपित रहेको पाठकले बताउनुभयो ।
‘पैसा नभएकै कारण हाम्रा सदस्य र सदस्यका परिवार भोकै बस्नु पर्दैन’, पाठकले भन्नुभयो, ‘खातामा पैसा भए पनि नभएपनि हामी सदस्यको सहयोगमा अर्लट छौं ।’ हाम्रा सदस्य र सदस्यको परिवार बिरामी भएर उपचार गर्नु पर्ने अवस्थामा पनि संस्था अर्लट रहेको पाठकले बताउनुभयो । ‘सहकारी भनेकै सदस्य हो । सदस्य हाम्रा भगवान् हुन्’, पाठकले भन्नुभयो, ‘जस्तो सुकै अवस्था र परिस्थितीमा पनि हामी सदस्यको सेवा गर्ने छौं । सदस्यलाई कुनै समस्या भए ९८५१११०३१८ मा सम्पर्क गर्न सक्नुहुन्छ ।’ सहकारी भनेकै सदस्यको सुख दुःखको साथी भएको र जस्तो सुकै परिस्थितीमा पनि नेचुरल सहकारी पछि नहट्ने उहाँले बताउनुभयो ।
नेचुरल सहकारीले डिजिटल कारोबारलाई समेत प्राथमिकता दिदै आएको छ । मोबाईल बैकिङ्ग सेवा समेत यस्तो विपत्तीमा प्रभावकारी बनेको पाठकको भनाई छ । खातामा पैसा भएको अवस्थामा देशभरका जुनसुकै बैंकको एटिएम बुथबाट पैसा निकाल्का कुनै शुल्क नगाग्ने व्यवस्था संस्थाले मिलाएको छ ।
विश्वभर फैलिइरहेको उक्त महामारीको जोखिमलाई न्यूनीकरण गर्न नेपाल सरकारले गरेको निर्णयको पालना गर्न समेत संस्थाले अनुरोध गरेको छ ।
संस्थाको सेवा केन्द्र नयाँ बजार, साँखु र काडाँघारीमा रहेको छ । आवश्यक सहयोगका लागि सेवा केन्द्रका प्रमुखलाई समेत सम्पर्क गर्न सकिने व्यवस्था संस्थाले मिलाएको छ । सदस्यलाई कुनै समस्या परेमा नयाँबजार सेवा केद्र (अशोक राई ९८५११२५३५१), शाखु सेवा केन्द्र (घनश्याम नेपाल ९८६०४५०३७५ ) र काँडाघारी सेवा केन्द्र (निर्मला केसी ९८४०४२२३०८) लाई सम्र्पक गर्न सकिने संस्थाले जनाएको छ ।
अभिलेख
लोकप्रिय

आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबारRecent Posts

सञ्चालनमा आयो सहकारी कर्जा असुली न्यायाधिकरण, कर्जा उठाउन सहजता हुने
२५ असार २०८२, बुधबार

विशाल साकोसको विस्तारिक बैठक सम्पन्न, वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित
२२ असार २०८२, आईतवार