आंशिक समय कार्यालय खोली सेवा प्रवाह गर्न सहकारी महासंघको आह्वान
२०७६ चैत ९, आईतवार
काठमाडौं, ९ चैत
राष्ट्रिय सहकारी महासंघले वित्तीय सहकारी संस्थाहरुलाई आंशिक समय कार्यालय संचालन गरेर सदस्यहरुलाई सेवा प्रवाह गर्न आह्वान गरेको छ ।
नेपाल सरकारले विश्वभर फैलिएको नोवेल कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन चैत ९ देखि २१ गते सम्मका लागि मुलुकमा अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द गरेको सन्दर्भमा महासंघले प्रेस विज्ञप्ति जारी गर्दै आंशिक समय कार्यालय संचालन गरेर सदस्यहरुलाई सेवा प्रवाह गर्न आह्वान गरेको हो । साथै महासंघले वित्तीय सहकारी संस्थाहरुलाई तरताको व्यवस्थापन हुनेगरी कारोबार गर्न आग्रह गरेको छ ।
महासंघले यस अवधिमा स्वास्थ्य सहकारी संस्थालाई नियमित स्वास्थ्य सेवा प्रवाह गर्न र उपभोक्ता सहकारी संस्थाहरुलाई अत्यावसेक वस्तुको आपूर्ति गर्न आग्रह गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको राजीनामा
२९ फाल्गुन २०८२, शुक्रबार
चैत ५ देखि विकू बचतको प्रविधि साक्षरता तथा सदस्य सर्वेक्षण, ८१ प्रशिक्षार्थीलाई अभिमुखीकरण
२८ फाल्गुन २०८२, बिहीबार
बागमती प्रोस्कूनको आयोजनामा कोशिस चौथो समूहको ‘वी क्यान वर्कशप’ सम्पन्न
२८ फाल्गुन २०८२, बिहीबार