आलोपालो साकोसले ११ दिनको कर्जाको ब्याज मिनाहा गर्ने
काठमाडौं, ९ चैत
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीबाट बच्नका लागि सरकारले चैत्र ९ देखि २१ गतेसम्म अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द गर्न आव्हान गरेसँगै कतिपय सहकारी संस्थाहरुले त्यस अवधिका लागि संस्था पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेका छन् ।
सहकारीहरुले विशेष परिस्थितिलाई मध्यनजर गरी सार्वजनिक सूचना नै प्रकाशित गरेर १२ दिनका लागि संस्था बन्द गरिएको जनाएका छन् । कतिपय संस्थाहरुले भने आंशिक रुपमा सेवा दिने जनाएका छन् ।
सहकारीहरुको सर्वोच्च निकाय राष्ट्रिय सहकारी महासंघले पनि परिस्थिति हेरेर सदस्यहरुलाई सेवा दिन सुझाएका छ । महासंघले एक विज्ञप्ति जारी गर्दै निश्चित समय र आलोपालो गरेर सदस्यलाई सेवा दिन सक्ने उल्लेख गरेको हो ।
यसैबीच तीनकुनेमा रहेको आलोपालो बचत तथा ऋण सहकारी संस्थाले सरकारले गरेको जोखिम नियन्त्रणको प्रयासलाई समर्थन गर्दै चैत्र १० गतेदेखि २१ गतेसम्म संस्था बन्द गर्ने निर्णय गरेको छ । संस्थाका अध्यक्ष सुरेन्द्रराज पौडेलेले त्यस अवधिभरका लागि सदस्यहरुले लिएको ऋणको ब्याज छुट गर्ने बताउनुभयो । सूचना नै प्रकाशन गरी उक्त मिति भित्र कर्जाको साँवा र ब्याजमा लाग्ने अतिरिक्त शुल्क नलिने निर्णय गरिएको उहाँले बताउनुभयो ।
संस्थाले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सदस्यहरुलाई सचेत गराएको छ भने सामाजिक उत्त्तरदायित्व बहन गर्दै सेनिटाइटर, मास्क र सर्जिकल ग्लोब्स वितरण गरेको छ ।
कोरोना भाइरसको त्रास दिन प्रतिदिन बढ्न थालेपछि अधिकांश सहकारीहरु आफ्ना सदस्यलाई कसरी सेवा प्रदान गर्ने भन्नेमा अलमल परेका हुनाले चैत्र १० गते देखि २१ गते सम्म संस्थाको वित्तिय कारोबार बन्द गर्ने निणर्य भएको उहाँले जानकारी दिनुभयो ।
उपत्यका भित्र र बाहिरका अन्य सहकारी संस्थाहरुले पनि सार्वजनिक सूचना प्रकाशित गरेर उत्पन्न परिस्थितिको सामना गर्न संस्था त्यस अवधिभर बन्द हुने जनाएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
काभ्रेमा सहकारीका लागि ऋण लगानी र असुली व्यवस्थापन तालिम, ८३ जनाको सहभागिता
१६ माघ २०८२, बिहीबार
६ बुँदे संकल्पसहित दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन सम्पन्न
१५ माघ २०८२, बुधबार
सहकारी पत्रकार समाजमा अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति
१३ माघ २०८२, सोमबार