बैंकले नियमित निक्षेपको मात्रै कारोबार गर्ने, सहकारी संस्था भने महासंघको धारणा कुर्दै

काठमाडौं, ८ चैत
सरकारले कोरोनाको प्रकोपबाट जोगिन सावधानी अपनाउन अपिल गरेपछि अत्यावश्यक सेवा बाहेकका सबै क्षेत्र बन्द हुने भएका छन् ।
बैंक तथा वित्तीय संस्थामा ब्याक अफिसमा बसेर काम गर्ने कर्मचारीलाई बिदा दिने व्यवस्था मिलाई दिन बैंकरहरुले आग्रह गरेका छन् । नियमित निक्षेपको कारोबार बाहेक अन्य बैंकिङ गतिविधि रोकिने भएको छ। त्यसो हुँदा नोटका लागि मात्र खासखास शाखा खोल्दा हुने बैंकरले सुझाब बैंकले दिएका छन् ।
तर वित्तीय क्षेत्रमा ठुलो हिस्सा बोकेको सहकारी क्षेत्रमा भने अन्यौलता देखिएको छ । सहकारी संस्थाहरुले दिने सेवालाई कसरी प्रवाह गर्ने भन्ने विषयमा अन्यौलता छाएको छ । प्रारम्भिक सहकारी संस्थाका सचालक र कर्मचारी त्रसित छन् । सहकारी क्षेत्रको सर्वोच्च निकाय सहकारी महासंघले यस विषयमा आधिकारिक धारणा अहिलेसम्म सार्वजनिक गरेको छैन ।
सहकारी संस्था बन्द नै गर्न नहुने बताईए पनि कसरी सुरक्षित तरिकाले सेवा दिने भन्ने विषयमा सहकारी अभियानको धारणा आएको छैन । यस हिसाबले सहकारी संस्थाहरु महासंघको धारणाको पर्खाइमा रहेका छन् ।
सहकारीले कति बजेसम्म सेवा दिने, कारोबारलाई कसरी व्यवस्थित बनाउने, कर्जा प्रवाह लगायतकोृ विषयमा महासंघको आधिकारिक धारणा आवश्यक रहेको एक सहकारीकर्मीले बताउनुभयो । यस्तो अवस्थामा भएको बचत बाहिरिने र नयाँ निक्षेप वा बचत आउँदैन ।
अभिलेख
लोकप्रिय

आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबारRecent Posts

सञ्चालनमा आयो सहकारी कर्जा असुली न्यायाधिकरण, कर्जा उठाउन सहजता हुने
२५ असार २०८२, बुधबार

विशाल साकोसको विस्तारिक बैठक सम्पन्न, वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित
२२ असार २०८२, आईतवार