सहकारीमा कोरोना प्रभाव : बचत संकलनमा कमी, विथड्र बढी र कर्जा प्रवाह न्युन
काठमाडौं, ६ चैत
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को असर सहकारी क्षेत्रमा पनि देखिन थालेको छ । विशेष गरी काठमाडौंका सहकारीमा यसको प्रत्यक्ष असर देखिन थालेको छ ।
सहकारी संस्थाका सञ्चालकहरुका अनुसार एक साता यता बचत संकलनमा धेरै कमी आएको छ । सहकारीमा बचत रहेको पैसा समेत सदस्यले धमाधम निकाल्न थालेका छन् । ऋणको ब्याज समेत उठाउन समस्या भएको छ ।
कोरोना भाइरसको कारण सहकारी क्षेत्रमा पनि आर्थिक मन्दीदको असर देखिने सम्भावना बढेको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेल बताउनुहुन्छ । यसबाट सहकारी क्षेत्र अछुतो नहुने उहाँको तर्क छ । व्यापार व्यवसाय कम हुने र सदस्यहरुले बचत नगर्ने हुँदा समस्या देखिने उहाँको बुझाइ छ ।
अहिले नै धेरै असर नदेखिएपनि क्रमिक रुपमा यसको असर बढ्दै गएको काठमाडौंको जोरपाटीमा रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले बताउनुभयो । पाठकका अनुसार विगतका दिनभन्दा अहिले बचत रकम बढी मात्रामा विथड्र भएको छ । ‘दैनिक बचत संकलन, किस्ता संकलन कम हुँदै गएको छ’, उहाँले भन्नुभयो, ‘केही समयमा समस्या समाधान हुनेमा हामी विश्वस्त छौं ।’
चाईना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र श्रेष्ठका अनुसार कोरोनाका कारण संस्थामा तरलता बढी भएको बताउनुहुन्छ । ‘महाबौद्धको बजार सुनसान छ । ऋणको माग न्यून छ । सोही कारण तरलता बढी छ’, श्रेष्ठले भन्नुभयो, ‘बजार चलायमान हुँदा ऋणको माग बढी हुने हो । सामान्य अवस्थाभन्दा निकै कम ऋणको माग हुने गरेको छ ।’
सामान आयात नहुँदा कर्जाको माग कम भएको श्रेष्ठ बताउनुहुन्छ । नियमित बचत संकलन, ऋण असुलीमा खासै समस्या नरहेको श्रेष्ठको भनाई छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको राजीनामा
२९ फाल्गुन २०८२, शुक्रबार
चैत ५ देखि विकू बचतको प्रविधि साक्षरता तथा सदस्य सर्वेक्षण, ८१ प्रशिक्षार्थीलाई अभिमुखीकरण
२८ फाल्गुन २०८२, बिहीबार
बागमती प्रोस्कूनको आयोजनामा कोशिस चौथो समूहको ‘वी क्यान वर्कशप’ सम्पन्न
२८ फाल्गुन २०८२, बिहीबार