कोरोना प्रभाव : सुनौलो साकोसको बोल्ड डिसिजन, घटायो २ प्रतिशत कर्जाको ब्याजदर
पोखरा, ७ चैत्र
सदस्यहरुलाई राहत दिने उद्देश्यले सुनौलो बचत तथा ऋण सहकारी संस्था (सुनौलो सकोस) ले कर्जाको ब्याजदर घटाएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण पर्यटन क्षेत्र लगायत सम्पूर्ण आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेपछि सहकारीले कर्जाको ब्याजदर घटाउने निर्णय गरेको अध्यक्ष टीकाराम सापकोटाले जानकारी दिनुभयो ।
कोरोना भाइरसका कारण पर्यटन क्षेत्रले धेरै क्षति ब्यहोर्नुपरेको र थोरै भएपनि सदस्यलाई राहत होस भन्ने उद्देश्यले ऋणको ब्याजदर घटाउने निर्णय गरिएको उहाँले बताउनुभयो । ऋणको प्रकृति हेरी १४ देखि १६ प्रतिशतसम्म ब्याज लिने गरिएकोमा अब १२ देखि १४ प्रतिशतसम्म व्याज लिइने सहकारी संस्थाका व्यवस्थापक गिरिधारी ढकालले जानकारी दिनुभयो ।
बिहीबार बसेको सञ्चालक समितिको बैठकले पुराना प्रदान गरिएको ऋण र नयाँ ऋण दुबैमा लागु हुने गरी ब्याजदर घटाउने निर्णय गरिएको ढकालले बताउनुभयो । यस संस्थामा १ हजार ३ सय सदस्य आवद्ध छन् । सहकारीले १७ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार