सहकारीमा आन्तरिक लेखा परिक्षणका टिप्स

शशिधर पाेखरेल /
कुनै पनि संगठनमा राखिएका अभिलेखहरु निति अनुरुप भएको छ छैन भनेर संगठन भित्रकै कुनै इकाईले परिक्षण गर्नेकाम नै आन्तरिक लेखा परिक्षण हो । यो कार्य नियमित लेखापरिक्षणको अवधारणा अनुरुप नै गर्ने गरिन्छ । सहकारी संस्थाहरुमा आन्तरिक लेखा परिक्षणको कार्य गर्नका लागि साधारण सभाबाट नै एक संयोजक र २ जना सदस्य रहेको स्वतन्त्र निकाय का रुपमा लेखा समिति गठन गरिएको हुन्छ । जुन साधारण सभा प्रति जवाफदेही हुन्छ । यो समिति सञ्चालक समिति प्रति जवाफदेही नहुने कारणले गर्दा स्वतन्त्रता पूर्वक निर्भिक रुपमा आफ्नो कार्य सम्पादन गर्ने कार्य गर्दछ ।
लेखा समितिले संस्थाको लेखा परिक्षण गर्दा मूलत निम्न कुराहरुमा विचार पुर्याउनु पर्दछ ।
1. संस्थाले राखेका लेखा अभिलेखहरु सहकारी ऐन, नियमावली, संस्थाको विनियम, तथा प्रचलित लेखा निति अनुरुप राखिएको छ कि छैन
2. साधारण सभाको निर्णय तथा बार्षिक कार्यक्रमहरुको कार्यान्वयनको अवस्था,
3. बजेटका आधारमा खर्च गर्ने गरे नगरेको,
4. सदस्यहरुले नियमानुसार पाउनुपर्ने सुविधा पाए नपाएको,नियमानुसार तरलता भए नभएको,
5. बित्तियि स्थिति अद्यावधिक भए नभएको
6. शेयर, बचत तथा कर्जाको अनुपात, लेखा कारोबार मा पर्याप्त प्रमाण भए नभएको,
7. अगाडीका सुझाव कार्यान्वयन भए नभएको आदी कुराहरुको अध्ययन गरेर प्रतिवेदन पेश गर्नु पर्दछ ।
अभिलेख
लोकप्रिय

आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबारRecent Posts

सञ्चालनमा आयो सहकारी कर्जा असुली न्यायाधिकरण, कर्जा उठाउन सहजता हुने
२५ असार २०८२, बुधबार

विशाल साकोसको विस्तारिक बैठक सम्पन्न, वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित
२२ असार २०८२, आईतवार