विपत्तमा सहकारीको भूमिका कमजोर
काजी श्रेष्ठ/ १२ र २९ को वैशाख शक्तिशाली भूकम्पले झण्डै नौ हजार नेपाली नागरिकको ज्यान लिएको छ । करिब २० हजारको हाराहारीमा घाइते भएका छन् । लाखौं जनता घरबार विहीन भए । कैयौं टुहुरा बने । धेरैले सहारा गुमाए ।
प्राकृतिक विपत्तीले कैयौं नेपालीको गाँस खोसिएको छ । लाखौंको छानो उजाडिएको छ । भूकम्पले धेरै नेपालीको मन दुखेको भए पनि वर्षौंदेखि नेपालीमा देख्न नपाइएको भाइचारा, सद्भाव, मानवीयता, आत्मिएताको पुरानो परम्परागत सँस्कारलाई भने बूँत्याएको छ ।
सबैले यतिबेला व्यक्तिगत र पार्टीगत इबी, लोभ र पापहरु भुलेर जनताको उद्धार, सहयोग र राहतमा लागिरहेका छन् ।
तर यस्तो विपत्तिमा सहकारी संघ/संस्थाले जुन रुपमा काम गर्नुपर्ने हो, त्यसअनुसार नगरेको पाइएको छ । राहत तथा पुनर्निर्माणका लागि सरकारसँगै देखिनुपर्ने सहकारी क्षेत्रको भूमिका कमजोर रूपमा प्रस्तुत भएको छ । यि र यस्तै विपत्तिमा सहकारीको भूमिका अगाडी देखिनु पर्ने थियो तर त्यस अनुसार हुन सकेन ।
केही संघ÷संस्थाले राहत र उद्धारमा काम गरेपनि धेरैले वेवास्ता गरे । लाखौं जनता घरबारविहीन र बेसहारा भएको बेला ठूला ठूला भनिने सहकारीले राहत र उद्धारमा बेवास्ता गरेका छन् । विदेशीहरु समेत राहतको काम गरिरहेका बेला देशको आर्थिक क्षेत्रको एक खम्बा मानिने सहकारी क्षेत्र चूपचाप देखिँदा अनेकौं प्रश्न उठेका छन् । भारतीय सहकारी इफ्कोले पठाएको राहत वितरणमा समेत जुँगा लडाई भइरहेको छ । राहत वितरणको जिम्मा पाएको राष्ट्रिय सहकारी संघले मनलाग्दी रुपमा वितरण गरेको आरोप लागेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार