काम कुरो एकातिर …जालझेल सरकारतिर

काजी श्रेष्ठ / दोस्रो संविधानसभाको पहिलो बैठकमा एक वर्ष भित्र संविधान दिने कबोल दलीय अक्रमन्यता र इबीका कारण तुहिएको छ । त्यतिमात्रै होइनसंविधान जारी हुनुपर्ने मितिको पूर्व संध्यामा मुुलुकका राजनीतिक दलह ‘बाँदरे चरित्र’ प्रदर्शन गर्न पछि परेनन् ।
त्यसयता एउटै मेचमा बसेर एउटै केतलीको चियासम्म खान हिचकिचाएका दलहरु वैशाख १२ गतेको महाविपत्तीका कारण विनासर्त एउटै मेचमा बस्न पुगेका छन् । विनाशकारी भूकम्पले झण्डै नौ हजार नेपाली नागरिकको ज्यान लिएको छ । करिब २० हजारको हाराहारीमा घाइते भका छन् । लाखौं जनता घरबार विहीन भए । कैयौं टुहुरा बने । धेरैले सहारा गुमाए । प्राकृतिक विपत्तीले कैयौं नेपालीको गाँस खोसिएको छ । लाखौंको छानो उजाडिएको छ । यो महाविपत्तीले जति ठूलो पीडा, समस्या र दुःख हामीलाई भोगाएको छ, योसँगै वषौंदेखि देख्न नपाइएको एउटा सुखद आयाम पनि थपिएको छ । भूकम्पले धेरै नेपालीको मन दुखेको भए पनि वर्षौंदेखि नेपालीमा देख्न नपाइएको भाइचारा, सदभाव, मानवीयता, आत्मिएताको पुरानो परम्परागत सँस्कारलाई भने बूँत्याएको छ ।
हिमाली, पहाडी, तराईबासी र मधेशीको रेखा भूकम्पले भत्काइदिएको छ राजनीतिक दलहरु मुलुकमा आइपरेको विपत्तीपछि जुरुक्क उठेर एकै ठाउँमा उभिएका छन् । सबैले यतिबेला व्यक्तिगत र पार्टीगत इबी, लोभ र पापहरु भुलेर जनताको उद्धार, सहयोग र राहतमा लाग्नुपर्ने भावना व्यक्त गर्न थालेका छन् । एउटा झिनो स्वर ‘राष्ट्रिय सरकार’ भन्दै डरलाग्दो गरी उचालिन खोजेको छ । प्राकृतिक विपत्तिले मुलुक नराम्ररी थिलो थिलो भएको छ । भूकम्पले नराम्ररी प्रहार गरेको घाउमा हावहुरी, झरीवतास, सुख्खा पहिरोदेखि सम्भावित बाडीपहिरोले थप पीडा थप्ने काम भैरहेको छ । अझै गैरहेका स–साना भूकम्पले जनता भएका घरमा पनि पस्न डराइरहेका छन् । प्रभावित क्षेत्रमा अधिकांशको बास अझै खुला आकास र बारीका पाटामै भैरहेको छ ।
यतिबेला व्यक्ति, संस्था, सरकार र छिमेकी मुलुकले सक्दो उद्धार, राहत र व्यवस्थापनको काम गरीरहेका छन् । यो प्रयाप्त होइन । राज्यले यतिमात्रै गरेर बहादुरी सावित हुनसक्दैन । विपत्ती हो भन्दा भन्दै पनि यसलाई चुनौतिपूर्ण अवसरका रूपमा राज्यले लिएको देखिँदैन । व्यवहारभन्दा प्रचारात्मक कार्य भैदिनुले पीडितहरू थप पीडामा छन् । मानो दिने र मुरी फाइदा लिनेहरु उम्कने अवस्था आउन हुँदैन । अझै कतिपय गाउँमा, भीरमा र बाटोमा पुरिएका लाश झिक्ने काम भैसकेको छैन । राज्यले त यतिबेला तत्कालको राहत र दीर्घकालको मल्हमको योजना बनाउन जरुरी छ । त्यसका लागि राजनीतिक दलले हाम फालेर सघाउनुपर्ने हो । विडम्बना त्यो हुन सकेको छैन । बरु यही पीडाको खुड्किलो उक्लिएर केही लोभीपापी चरित्रहरु सरकारमा पुग्ने दाउ खोज्दैछन् ।
हो मुलुकको विपत्तीलाई व्यवस्थापन गर्न हामी सक्षम छौं भन्ने ढाडस सरकारले दिनुपर्ने हो । वर्तमान सरकारले त्यो अनुहार देखाउन नसकेको सत्य एकातिर छँदैछ । यति हुँदा हुँदै पनि नयाँ सरकार बनाएर पीडितलाई सहयोग पुग्छ भन्ने लालिपप देखाउनु भनेको थप सकस र पीडा दिने खेलको सुरुवात हो । नयाँ सरकार बनाए पनि हामीकहाँ सरकारको नेतृत्व गर्ने व्यक्ति अर्को ग्रहबाट आउने छैन् । जुनसुकै नाम दिएर नयाँ सरकारको पछि लाग्यौं भने मुलुकमा थप वेथिति हुने पक्का छ । किनकी नेपाली राजनीतिज्ञको चरित्र हामी सबैलाई थाहा छ । उनीहरु आफ्नो मान्छे सरकारमा पुग्ने र पुर्याउने नाममा कतिसम्म गिर्न सक्छन्, त्यो खुला सत्य सबैलाई थाहा छ । सत्ताको लुछाचुँडीमा समय त्यसै खेर जाने छ । त्यतिबेलासम्म जोखिममा रहेका गाउँका गाउँ थप समस्यामा पर्नसक्ने छन् । अहिले राष्ट्रिय सरकारको नाममा समय बर्बाद गर्नुभन्दा यही सरकारलाई टेका लगाएर राज्य र सरकार हुनुको अर्थ सावित गर्नु उत्तम हुने छ ।
अभिलेख
लोकप्रिय

आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबारRecent Posts

सञ्चालनमा आयो सहकारी कर्जा असुली न्यायाधिकरण, कर्जा उठाउन सहजता हुने
२५ असार २०८२, बुधबार

विशाल साकोसको विस्तारिक बैठक सम्पन्न, वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित
२२ असार २०८२, आईतवार