अरनिको बहुउद्देश्यीय सहकारीको ३६ लाख आम्दानी
मोरङ ६ पुस । अरनिको बहुउद्देश्य सहकारी संस्था लि विराटनगरको पाँचाँै वार्षिक साधारणसभाको पूर्वराजदुत गोपालप्रसाद शर्माले उद्घाटन गर्नुभयो ।
सो अवसरमा संस्थाका अध्यक्ष दिनेश सुवेदीले आव २०६९÷७० मा कुल रु एक करोड १४ लाख चार हजार ५०० आम्दानी र रु ७६ लाख ९२ हजार ५०० खर्च गरी रु ३७ लाख १२ हजार सञ्चालन बचत गर्ने लक्ष्य रहेकोमा रु ३६ लाख ९३ हजार ८०० उपलब्धि भएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा गएको एसएलसी परीक्षामा उत्कृष्ट अङ्क ल्याउने तीन जना सेयर सदस्यका छोरा अनिश आचार्यलाई रु चार हजार, दोस्रो स्थानमा रहेका सौगात श्रेष्ठलाई रु तीन हजार र तृतीय स्थानका विनय पोखरेललाई रु दुई हजार नगद पुरस्कारसहित सम्मान गरियो ।
संस्थामा असल ऋणीको भूमिका निर्वाह गर्ने भक्तराज धामी र सुमन शर्मा रिजाल तथा अपेक्षित बचत गर्ने गोविन्द अग्रवाललाई पनि सम्मान गरियो । सो अवसरमा प्रमुख अतिथि शर्माले समाजमा छरिएर रहेका पँुंजीलाई एकत्रित गरी राम्रो काम गर्न सहकारीलाई सुझाव दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको राजीनामा
२९ फाल्गुन २०८२, शुक्रबार
चैत ५ देखि विकू बचतको प्रविधि साक्षरता तथा सदस्य सर्वेक्षण, ८१ प्रशिक्षार्थीलाई अभिमुखीकरण
२८ फाल्गुन २०८२, बिहीबार
बागमती प्रोस्कूनको आयोजनामा कोशिस चौथो समूहको ‘वी क्यान वर्कशप’ सम्पन्न
२८ फाल्गुन २०८२, बिहीबार